काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा जनकपुरले लुम्बिनीलाई १३७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ थालेको जनकपुरले २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन जोड्यो ।
उसका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । यस्तै, लाहिरु मिलान्थाले २४, शुभ कंसाकारले अविजित २२ तथा आसिफ शेखले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लुम्बिनीका अभिषेश गौतमले चार ओभरमा २० रन खर्चेर तीन, रोहित पौडेलले चार ओभरमा २२ रन खर्चेर दुई, साद बिन जफरले ३ ओभरमा ११ रन खर्चेर दुई तथा सन्दीप जोरोले २ ओभरमा १३ रन खर्चेर एक विकेट लिए ।










