२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेटरमा हिटिङ पावरको कमी छ–रवि बोपारा



अ+ अ-

काठमाडौँ । कर्णाली याक्ससँंग पराजित भएपछि चितवन राइनोजका अवराउण्डर रवि बोपाराले नेपाल खेलाडीमा हिटिङ पावर कमी रहेको बताएका छन् ।

खेलपछिको पत्रकार सम्मलेनमा रविले स्कोर गर्न नेपाली क्रिकेटरले हिटिङ पावरमा संघर्ष गरिरहेको बताए । यसका लागि पावर ट्रेनिङ गर्नुपर्ने उनको सुझाव छ ।

उनले टस हारेर पहिले ब्याटिङ गर्न सहज नभएको बताए । बिहानको पिचमा खेल्न गाह्रो भएको र त्यो पिचमा १३० रनको योगफल राम्रै बनाएको उल्लेख गरे ।

पिचअनुरूप यो लक्ष्य रक्षा गर्न पर्याप्त नै रहेको उनको भनाई छ । रविले आफ्ना बलरले पनि राम्रै बलिङ गरेको बताए । उनले आफू युएइबाट आएको उल्लेख गर्दै नेपालका मानिस र खाना धेरै राम्रो रहेको भन्दै प्रशंसा पनि गरेका छन् । उनले कप्तान कुशल मल्ल धेरै रमाइलो रहेको बताए । साथै कुशल राम्रो क्रिकेटर पनि रहेको उल्लेख गरे ।

कर्णालीका अलराउण्डर जिसान मक्सुदले स्लो पिचमा टस जित्नु सुखद् पक्ष रहेको बताए । आफूहरुले टस जित्नु र राम्रो बलिङ नै जितको माध्यम रहेको उनले उल्लेख गरे । अन्तिम ओभरमा चितवनले राम्रो बलिङ गरेको बताए । तर त्यो बलमा जित निकाल्नु सहज नभएको उल्लेख गरे ।

पहिलो दुई खेलमा हार व्यहोर्दा धेरै दबाबमा नरहेको उल्लेख गर्दै मक्सुदले अनुभवी शिखर धवन र अन्य सिनियर खेलाडीलाई एक अर्काले प्रोत्साहन गरेको बताए ।