२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

६३ जिल्लामा एमालेले पायो नयाँ नेतृत्व, अधिवेशन हुन अब कुन–कुन बाँकी ? (सूचीसहित)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)को जिल्ला अधिवेशनबाट ६३ भौगोलिक र गैरभौगोलिक जिल्लाले नयाँ नेतृत्व पाएको छ । 

एमाले केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी छ ।

त्यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई मध्यनजर गर्दै तय गरिने एमालेले जनाएको छ । 

विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिनेछ ।