२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः कप्तान सन्दीप



अ+ अ-

काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ ।

उनले यो हारका कारण धेरै दबाबमा नरहे पनि जितबाट प्राप्त हुने खुशी भने टोलीमा नभएको उल्लेख गरे ।

उनले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने बताए । उनले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राखे ।

खेलमा कहिले कहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुरा लिन नहुनले पनि उनको भनाइ छ । दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको उनी बताउँछन् ।

सन्दीपले योजनाअनुरूप नतिजा नआउने भएपनि त्यहाँको कन्डिसनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन भएको बताए । पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उनले उल्लेख गरे ।

आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र सोअनुरूप ब्याटिङ भएको पनि उनको भनाइ छ । उनले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको बताए ।