३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल जीवनमा हार हुन्छ, अब माथि उठ्छौँः कप्तान सन्दीप



अ+ अ-

काठमाडौँ । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवातका बाबजुद त्यसलाई सदुपयोग गर्न नसक्दा कठिन नतिजा आएको बताएका छन् ।

सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको उल्लेख गरे । तर खेलजीवनमा हार हुने र यहाँबाट माथि उठ्ने उनको विश्वास छ ।

उनले यो हारका कारण धेरै दबाबमा नरहे पनि जितबाट प्राप्त हुने खुशी भने टोलीमा नभएको उल्लेख गरे ।

उनले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने बताए । उनले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राखे ।

खेलमा कहिले कहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुरा लिन नहुनले पनि उनको भनाइ छ । दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको उनी बताउँछन् ।

सन्दीपले योजनाअनुरूप नतिजा नआउने भएपनि त्यहाँको कन्डिसनअनुसार अगाडि बढ्नुपर्ने धारणा राखे ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन भएको बताए । पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उनले उल्लेख गरे ।

आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र सोअनुरूप ब्याटिङ भएको पनि उनको भनाइ छ । उनले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको बताए ।