५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ एसिया कपको सेमिफाइनल दौडबाट बाहिरियो नेपाल



अ+ अ-

काठमाडौँ । युएईमा जारी यू–१९ एसिया कपमा लगातार दोस्रो हार ब्यहोरेसँगै नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशका जबार अबारले ५९ रन र मोहम्मद हाकिमले ५२ रन जोडे । बलिङमा नेपालका युवराज खत्रीले ४ र कप्तान हेमन्त धामीले एक विकेट लिए ।

त्यसअघि दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएकोे नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४१ रनमा समेटियो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९/२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बङ्गलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई–दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक–एक विकेट लिए ।

नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग मंगलबार खेल्नेछ ।