२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको बयान आज पनि सकिएन



अ+ अ-

काठमाडौँ । सहकारी ठगी मुद्दामा बयानका लागि पोखराबाट काठमाडौँ झिकाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान आज पनि पूरा हुन सकेन ।

कामपा–१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका लागि पोखराबाट काठमाडौं ल्याइएको थियो ।

भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो ।आज दोस्रो दिनको बयान चलिरहेको भएपनि आजै बयान सकिने सम्भावना छैन ।

सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको बताइएको छ । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ ।

भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने छ ।