५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन भ्रमणअघि प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको उहाँको सचिवालयले जननाएको छ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीको भ्रमणअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आजको बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गर्नेछ । यसअघि प्रधानमन्त्री ओलीले हिजो (शनिबार) राष्ट्रपति रामचन्द्र पौडेललाई भ्रमणबारे जानकारी गराउनुभएको थियो ।