१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलः पोखरा एभेन्जर्सले निःशुल्क जर्सी, टिकट र खाजासहित बस व्यवस्था गर्ने



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले समर्थकहरूका लागि निःशुल्क टिकट र खाजासहित बस सेवा उपलब्ध गराउने भएको छ ।

पोखराको खेल भएको दिनमा टोलीले यो सेवा प्रदान गर्ने भएको हो । दुईवटा बससहित समर्थकहरू लिएर पोखराबाट काठमाडौं आउने र फेरि पोखरा फिर्ता हुने टोलिले जनाएको छ । त्यस्तै पोखराले आफ्ना फ्यानहरूका लागि निःशुल्क टिकट, खाजा र जर्सी पनि उपलब्ध गराउने बताएको छ ।

यो सेवा लिनका लागि पोखराले आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्मलाई बुकिङ खुल्ला गरेको छ । पोखराभित्रबाट ४० जना र गण्डकी प्रदेशअन्तर्गत पोखराबाहिरबाट जान चाहनेहरूलाई पनि २० सिटको व्यवस्था गरिने छ ।

बुकिङका आधारमा काठमाडौं जाने व्यक्तिहरूको लक्की ड्र मार्फत नाम चयन गरिने छ । एकपटकमा नाम नआएमा अर्कोपटक प्राथमिकता दिइने पोखराले जनाएको छ ।

पोखराले मङ्गलबार दिउँसो चितवन राइनोजसँग खेल्दै एनपिएलको सुरुवात गर्नेछ ।