३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलमा दोस्रो अर्धशतक जनकपुरका मिलन्थाको नाममा



अ+ अ-

काठमाडौँ । जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्सविरुद्व अर्धशतकीय पारी खेलेका छन् ।

आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा मिलन्थाले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । मिलन्था प्रेरित जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्यो ।

अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काका मिलन्थाले ३९ बलमा दुई छक्का र चार चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । पहिलो संस्करणको एनपिएलमा अर्धशतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।

यसअघि न्यूजिल्याण्डका पूर्वओपनर ब्याटर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सको तर्फबाट अर्धशतक बनाएका थिए ।

उनले ३६ बलमा सात चौका र एक छक्कासहित ५० रन बनाउन सफल भएका हुन् । गप्टिलले विराटनगरको लागि अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाएर आउट भएका थिए ।