४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडपति बनेपछि विवादमा वैभव सूर्यवंशी, उमेरमा उठ्यो प्रश्न



अ+ अ-

एजेन्सी । त्यतिबेला वैभव सूर्यवंशी १० वर्षका थिए, बुबा सञ्जीवले जतिबेला छोरालाई क्रिकेटर बनाउने निर्णय गरे । यही सपना पूरा गर्न उनले आफ्नो जग्गा बेचे तर तीन वर्षभित्रै छोराले आफ्नो सपना पूरा गर्नेछ भन्ने उनलाई लागेको थिएन ।

आईपीएलको अक्सनमा १३ वर्षीय वैभवलाई राजस्थान रोयल्सले १ करोड १० लाखमा अनुबन्ध गरेको छ । वैभव आईपीएलको इतिहासमा कुनै पनि टोलीमा सामेल हुने सबैभन्दा कान्छो क्रिकेटर बनेका छन् । तर, यी युवा क्रिकेटर करोडपति बनेसँगै विवाद सुरु भयो ।

उनको उमेरलाई लिएर प्रश्न उठिरहेको छ । यद्यपी वैभवका बुवाले आलोचकहरुलाई उचित जवाफ दिदै आफू कसैसँग नडराउने र जे सुचना दिइएको छ त्यो सहि रहेको बताएका छन् ।

समस्तीपुरबाट १५ किलोमिटर टाढा मोतीपुर गाउँमा खेतीयोग्य जग्गा बेच्ने सञ्जीवको छोरा राजस्थानले लगेपछि बोल्ने शब्द छैन । वैभव अब आफ्नो छोरा नभई सिंगो बिहारको छोरा भएको उनको भनाइ छ ।

सञ्जीवका अनुसार छोराले आठ वर्षको उमेरमा कडा परिश्रम गरेर जिल्लाको अन्डर–१६ ट्रायलमा सफलता हासिल गरेको हो । छोरालाई कोचिङका लागि समस्तीपुर लगेर फर्किनु पर्यो । यसपछि उनले आफ्नो जग्गा बेचे ।

आईपीएलको लिलामीमा उनको आधार मूल्य ३० लाख रुपैयाँ थियो र उनी आफ्नो आधार मूल्यभन्दा झण्डै चार गुणा बढीमा बिक्री भए । उनी आईपीएलको लिलामी इतिहासमा बेचिने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।

बिहारका वैभवले १३ वर्ष २४२ दिनको उमेरमा आईपीएलको लिलामीमा छनोट हुने सबैभन्दा कान्छो खेलाडीको रूपमा इतिहास रचे । वैभवले घरेलु क्रिकेटमा निकै हलचल मच्चाएका छन् । यी बायाँ हाते ब्याट्सम्यानले सानै उमेरमा आफ्नो ब्याटले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

जनवरी २०२४ मा बिहारको लागि आफ्नो प्रथम श्रेणी डेब्यू गरेपछि, सेप्टेम्बरमा भारत यू–१९ बाट अष्ट्रेलिया यू–१९ युवा टेस्ट शृंखलामा सूर्यवंशीले उत्कृष्ट शतक बनाएर सबैको ध्यान खिचे । सूर्यवंशी आगामी अन्डर–१९ एसिया कपमा भारतको प्रतिनिधित्व गर्ने तयारीमा छन् ।