३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक



अ+ अ-

जनकपुर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्सले आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले संयुक्त रुपमा जनकपुरमा सोमबार साँझ जर्सी अनावरण गरेका हुन ।

जर्सी सार्वजनिक गर्दै मन्त्री जयसवालले मधेश प्रदेशको माटोले अन्तर्राष्ट्रिय खेलाडी देशलाई दिएको उल्लेख गर्दै एनपीएलमा जनकपुर बोल्ट्सले सफलता पाउने बताए ।

जनकपुर बोल्ट्सका जीएम निरोज खतिवडालले जनकपुरक बोल्ट्सको जर्सी मधेशको ८ वटै जिल्लाको भावना र उमंग रहेको बताए ।

जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्टुस यु–१९ महिला क्रिकेट टिमकी कप्तान पुजा महतोलाई फेस अफ बोल्ट्स घोषणा गरेको छ । जनकपुरमा सोमबार साझ आयोजित जर्सी अनावरण कार्यक्रममा जनकपुर बोल्ट्सले कप्तान महतोलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।