२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्य र शोभिताले कहिले गर्दैछन् बिहे ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता नागा चैतन्य र शोभिता धुलिपलाको विवाहको कार्डको पहिलो झलक सार्वजनिक भएको छ । कार्डका अनुसार यस वर्षको डिसेम्बर ४ मा यी दुईबीच विवाह हुँदैछ । विवाह समारोह हैदराबादको अन्नपूर्णा स्टुडियोमा हुनेछ ।

यो स्टुडियो नागाका हजुरबुवा अभिनेता अक्किनेनी नागेश्वर रावले सन् १९७६ मा बनाएका थिए । यो स्टुडियो अक्किनेनी परिवारका लागि सम्पदा भन्दा कम छैन ।

नागा र शोभिताले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । मिडिया रिपोर्टका अनुसार दुवैले नागा चैतन्यका पिता नागार्जुनको घरमा एक निजी समारोहमा इन्गेजमेन्ट गरेका थिए । नागार्जुनको घर हैदराबादको पोश क्षेत्र जुबली हिल्समा अवस्थित छ ।

सामन्थासँग सम्बन्धविच्छेदपछि नागा चैतन्यको नाम शोभितासँग जोडिन थाल्यो । दुवैले धेरै अन्तर्राष्ट्रिय यात्रामा सँगै समय बिताएको देखिएका छन् ।

यस बाहेक शोभिता आफ्नो फिल्म ‘मेजर’ को प्रमोशनका लागि बसेको होटलमा चैतन्य धेरै पटक देखिएका थिए । शोभिताले पनि आफ्नो जन्मदिन हैदराबादमै सेलिब्रेट गरिन् । यसपछि पनि नागा र शोभिता धेरै अवसरमा सँगै देखिएका छन् । त्यसयता दुवैले एकअर्कालाई डेट गर्दैछन् भन्ने अड्कलबाजी चलिरहेको थियो ।

सामन्था रुथ प्रभु र नागा चैतन्यले गोवामा ६ अक्टोबर २०१७ मा पहिले हिन्दू र त्यसपछि ७ अक्टोबरमा क्रिस्चियन रितीरिवाज अनुसार विवाह गरेका थिए ।

विवाहपछि सामन्थाले आफ्नो नाम बदलेर अक्किनेनी राखेकी थिइन्, तर सम्बन्धविच्छेदको खबरबीच सामन्थाले आफ्नो ट्विटर ह्यान्डलबाट अक्किनेनीलाई हटाएर सामन्था रुथ प्रभु राखेकी थिइन् ।

उनीहरु दुवैले अक्टोबर ६, २०२१ मा वैवाहिक जीवनको चार वर्ष पूरा गर्न लागेका थिए तर त्यसअघि नै उनीहरु छुट्टिए ।