१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलका लागि सुदूरपश्चिम रोयल्स र म्यारीयटबीच सम्झौता



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगका लागि सुदूरपश्चिम रोयल्सले काठमाडौं म्यारीयट होटेलसँग सम्झौता गरेको छ ।

विहीबार रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र म्यारीयटका सेल्स एण्ड मार्केटिङ विभागका क्लस्टर डाइरेक्टर विपुल कम्बोजले सम्झौतामा हस्ताक्षर गरे ।

खड्काले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी व्यक्त गरे । ‘नेपालमा पछिल्लो समय पर्यटनको सम्भावनालाई मध्यजर गर्दै होटलमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ । म्यारियटजस्तो विश्वकै अग्रणी संस्थाले नेपाली क्रिकेटको सम्भाव्यतालाई मध्यनजर गर्दै क्रिकेट र नेपालीको नयाँ ब्रान्ड एनपिएलमा गरेको लगानी स्वागतयोग्य छ । फ्रेन्चाइज क्लबहरुमा सबैभन्दा धेरै लोकप्रिय भएको सुदुरश्चिमाञ्चल रोयल्सले म्यारियटसँग सम्झौता गर्न पाउँदा खुसी छौं,’ खड्काले भने ।

कम्बोजले एनपिएलका लागि उत्साहित रहेको बताए । ‘हामी सुदुरपश्चिम रोयल्सलाई स्वागत गर्न पाउँदा उत्साहित छौं । टोलीलाई उत्कृष्ट खेलका लागि शुभकामना दिन चाहन्छौं,’ उनले भने ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । यसका लागि सुदूरपश्चिमले ४ विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेको छ । टोलीको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षकमा जगत टमाटा हुनुहुन्छ । टोलीको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी छन् ।

सुदूरपश्चिम टोली: दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई)