१४ श्रावण २०८३, बिहीबार
,
Latest
माईतीघरमा लघुवित्तपीडितको सामुहिक आमरण अनशन तेस्रो दिन पनि जारी प्रतिपक्षी दलले मात्र होइन सिंगो देशवासीले सरकार खोजिरहेको छः आर्यन राई गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन?
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्ने बहाना बनाई ९ लाख ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले अमेरिकन डलर साट्ने बहाना बनाई ठगी गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको छ ।

भक्तपुर चाँगुनारायण–३ मा बोलाई नौ लाख ठगी गरी फरार भएको घटनामा संलग्न रहेका दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे–३ धार्पाका २६ वर्षीय ललित बहादुर पाईन र सोही स्थानका २४ वर्षीय कृष्ण लाल पाईन रहेका छन् ।

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार गोकर्णेश्वर–४ बाट पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ ।




भर्खरै