काठमाडौँ । हिमानी ट्रस्ट युएसको उद्घाटन गर्न अहिले सो ट्रस्टकी संरक्षक एवं पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह अमेरिका पुगेकी छन् ।
संरक्षक शाहले एक समारोहका बीच हिमानी ट्रस्ट युएसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हिमानी ट्रस्ट युएस अमेरिकाको कानुनअनुसार विधिसम्मत ढंगले दर्ता भई सञ्चालनमा आएको बताइएको छ ।
हिमानी ट्रस्टले महाभूकम्प, बाढी, पहिरो आदिका कारण पीडित–प्रभावित भएका वा अन्य विविध समस्याले पछाडि पारिएका व्यक्तिका लागि राहत वितरण गर्दै र विभिन्न अन्य तरिकाले सघाउँदै आएको छ ।














