१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’

सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव

सहकारी ठगबाट पैसा असुल गरी सहकारी पीडितको पैसा फिर्ता गर्छौंः खानेपानीमन्त्री यादव
अ अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताउनुभएको छ ।

शनिवार काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गर्नुभयो । उहाँले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताउनु भयो । गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भएपनि सरकारले नछोड्ने बताउनु भयो ।

जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गर्नुभयो । उहाँले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताउनु भयो । वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने बताउनु भयो । ढोरपाटनका मेयर नेकपा एमालेबाट रहेको र एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ प्रधानमन्त्री भएपनि सहकारीको रकम अपचलन गरेको आरोपमा मेयरलाई अनुसन्धानमा ल्याइएको बताउनु भयो । उहाँले आन्दोलन गरेर समस्या बल्झाउन खोजिरहेको भन्दै बिरोध गर्नेहरु सफल नहुने बताउनु भयो । उहाँले सरकारले भनेको काम पूरा गरिरहेको र काठमाडौं उपत्यकावासीलाई दशैँअघि नै पानी खुवाउन सफल भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पत्रकारको बीमाको कुरा छ । अहिलेको युगमा पत्रकारको बीमा नहुनु दुर्भाग्य हो । त्यसकारणले गर्दा नेपाल सरकारले नै पहल गरेर फोटो पत्रकारको बीमा गराइदिनुपर्छ । त्यसको लागि म पूर्ण रुपले पहल गर्नेछु । त्यसको लागि म प्रीतवद्धता जनाउन चाहन्छु । यसले आंशिक रुपमा समस्याको समाधान हुनसक्छ । डिजिटल युगमा क्यामेरा र ल्यापटपकै जरुरी छ । यो युगमा तपाईंहरुको आवश्यकतामा नेपाल सरकारले साथ दिनेछ । सरकार सधैँ मिडियाको साथमा रहनेछ । अहिलेको सरकारले देशको लागि राम्रो सन्देश दिन खोजेको छ । राम्रो काम गर्न खोजेको छ । देशमा सहकारी पीडित नागरिक धेरै भएका छन् ।

सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ । त्यसको निमित्त अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ । त्यसमा तपाईंहरुको साथ र सहयोग चाहेका छौँ । गल्ती गरेको छ भने ठूलो राजनीतिक व्यक्ति पनि पर्छ । जुनकुनै पार्टीको भएपनि गल्ती गर्ने कानूनी दायरामा आउँछ । यसमा इफ बट छैन । यहाँ जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेका छन् । तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ । ६ सय भन्दा बढी सहकारी ठगहरुलाई अहिले प्रहरी कस्टडीमा पु¥याइसकेको छ । सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउँछ ।’

साधारण सभाले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपिजेको अध्यक्षमा पुनः प्रदीपराज वन्तलाई निर्विरोध चयन गरेको छ । फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रिय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन हुनुभएको छ । विसं २०५३ मा स्थापना भएको सो समूह फोटो पत्रकारको पहिलो छाता सङ्गठन हो ।