२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैँडाको आक्रमणबाट बोटेको मृत्यु



फाईल फोटो
अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

कृष्णसार सामुदायिक वनमा गाई–गोरु चराउने क्रममा स्थानीय बोटे टोलका ६५ वर्षीय सुकबहादुर बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते हुनु भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । निजको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताउनुभयो ।