१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी पेरिसबाट किन भागभाग गर्दैछन् फ्रान्सेली जनता



अ+ अ-

काठमाडौं । फ्रान्समा दोस्रो चरणको लक डाउन घोषणा भएपछि राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ । शुक्रबार रातिदेखि दोस्रो चरणको लक डाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ । फ्रान्समा पछिल्लो केही दिनयता कोरोना संक्रमितसँगै ज्यान गुमाउनेको दर पनि बढ्दै गएको छ ।

त्यहाँ बिहीबारमात्रै साढे ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । साथै, २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । दोस्रो चरणको लक डाउन लागू भएपछि फ्रान्सका स्थानीयले अतिआवश्यक काम नपरी घरबाहिर निस्कन पाउने छैनन् ।