१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश

नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछः सुनिता डंगोल

नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछः सुनिता डंगोल
अ अ+ अ-

काठमाडौँ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो आवश्यकता औंल्याउनुभएको हो ।

उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भएपनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तिब्रता दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताउनु भयो ।

उपमेयर डंगोलले भन्नुभयो,‘व्यवहारिक पक्षमा हामीले मनाउँदै आईरहेको र लागू गर्दै आईरहेको नेपाल संवत, यसलाई भने हामीले अव बलियो बनाउने हो भने प्रशासनिक रुपमा यसको प्रयोगलाई कसरी अझ तिब्र गतिमा पु¥याउने हो, त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय संवत राष्ट्रका हरेक व्यक्तिले बुझने संवत बनाउनु अहिलेको आवश्यकता पनि रहेको छ ।’

‘काठमाडौं महानगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि आजको यो समारोह गर्नका लागि सहयोग, साथ दिँदै आईरहेको छ । र आगामी दिनहरुमा पनि हामीले यसलाई निरन्तर रुपमा अघि बढाउने पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु । साथै सरकारबाट हामीले राष्ट्रिय संवत हुनुपर्छ भनिसकेका छौं । राष्ट्रिय संवत भईपनि सकेको छ । अब यसलाई लागू गर्नका लागि भने सरकारको पक्षबाट मात्र अपुग हुनसक्छ । हामीले दिनचर्यामा पनि प्रयोग गर्ने हामी सबैको जिम्मेवारी हो, दायित्व हो भनेर त्यो दायित्व बहन गरौं पनि भन्न चाहन्छु ।’

त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताउनु भयो ।