२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल संवतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्दछः सुनिता डंगोल



अ+ अ-

काठमाडौँ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपाल सम्वतलाई हरेक नेपालीले बुझ्ने संवत बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संवत ११४५ को अवसर पारेर शनिबार काठमाडौंमा वसन्तपुरमा आयोजित एक समारोहमा बोल्दै उहाँले सो आवश्यकता औंल्याउनुभएको हो ।

उपमेयर डंगोलले व्यवहारिक पक्षमा नेपाल संवत हरेकले लागू गर्दै आएको भएपनि त्यसको महत्व बोध गराउने कार्यका लागि यसलाई प्रशासनिक रुपमा अघि बढाउने कार्यलाई पनि तिब्रता दिनुपर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपाल संवतलाई सरकारले राष्ट्रिय संवतको मान्यता दिएको स्मरण गराउँदै त्यसको प्रयोगलाई अघि बढाउने कुरालाई दिनचर्याको रुपमा सबैले अघि बढाउनुपर्ने पनि बताउनु भयो ।

उपमेयर डंगोलले भन्नुभयो,‘व्यवहारिक पक्षमा हामीले मनाउँदै आईरहेको र लागू गर्दै आईरहेको नेपाल संवत, यसलाई भने हामीले अव बलियो बनाउने हो भने प्रशासनिक रुपमा यसको प्रयोगलाई कसरी अझ तिब्र गतिमा पु¥याउने हो, त्यसमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रिय संवत राष्ट्रका हरेक व्यक्तिले बुझने संवत बनाउनु अहिलेको आवश्यकता पनि रहेको छ ।’

‘काठमाडौं महानगरपालिकाले हरेक वर्षजस्तै यस वर्ष पनि आजको यो समारोह गर्नका लागि सहयोग, साथ दिँदै आईरहेको छ । र आगामी दिनहरुमा पनि हामीले यसलाई निरन्तर रुपमा अघि बढाउने पनि यहाँहरुलाई जानकारी गराउन चाहन्छु । साथै सरकारबाट हामीले राष्ट्रिय संवत हुनुपर्छ भनिसकेका छौं । राष्ट्रिय संवत भईपनि सकेको छ । अब यसलाई लागू गर्नका लागि भने सरकारको पक्षबाट मात्र अपुग हुनसक्छ । हामीले दिनचर्यामा पनि प्रयोग गर्ने हामी सबैको जिम्मेवारी हो, दायित्व हो भनेर त्यो दायित्व बहन गरौं पनि भन्न चाहन्छु ।’

त्यस अवसरमा उपमेयर डंगोलले नेपाल सम्वत समारोहका लागि काठमाडौं महानगरपालिकाले सहयोग गर्दै आएको र त्यसलाई सदैव निरन्तरता दिने पनि बताउनु भयो ।