३१ जेष्ठ २०८३, आईतवार
,
Latest
निर्वाचन पराजयपछि एमालेद्वारा ‘मिसन पार्टी जागरण २०८३’ घोषणा, संगठन पुनर्संरचना र जनसम्बन्ध सुदृढीकरणमा जोड यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे सहमति प्रस्ताव स्विट्जरल्यान्डमा जनसङ्ख्या १ करोडमा सीमित गर्ने प्रस्तावमाथि निर्णायक मतदान प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की हर्मुज र आणविक मुद्दामा अमेरिका–इरान सम्झौता नजिक विपी राजमार्ग पुनर्निर्माण तीव्र, असार १५ भित्र भकुण्डेवेशी–नेपालथोक खण्डमा माथिबाट सवारी सञ्चालन गर्ने तयारी ह्वाइट हाउसमा ट्रम्पको ८०औँ जन्मदिनमा यूएफसी ‘फ्रिडम २५०’ आयोजना, खेलकुद कार्यक्रमलाई लिएर विवाद चर्कियो परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने चीन भ्रमणमा बेइजिङ पुगे, वाङ यीसँग वार्ता गर्ने कार्यक्रम टर्कीलाई २–० ले हराउँदै अस्ट्रेलियाको विजयी सुरुवात लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा २३ अर्ब डलरको प्रतिरक्षा सामग्री युएईलाई बिक्री



अ+ अ-

वासिङटन । संयुक्तराज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलर बराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीहरुमा एफ–३५ लडाकू बिमान, एमक्यू–नाइन–बी मानवरहीत ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरु रहेका छन् । डोनाल्ड ट्रम्प प्रशासनले उक्त सामग्री बिक्री गर्नेसम्बन्धी सम्झौताका बारेमा कंग्रेसलाई जानकारी दिएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले मंगलबार जारी गरेको विज्ञप्तिमा युएईसँग प्रगाढ बन्दै गएको सम्बन्धका कारण आधुनिक हातहतियार बिक्री गर्न लागिएको उल्लेख छ । 

पछिल्ला केही वर्षदेखि इरानबाट बढ्दो सुरक्षा चुनौती थपिएको अवस्थामा त्यसलाई निस्तेज बनाउन पनि युएईलाई अत्याधुनिक हातहतियार र लडाकू बिमान उपलब्ध गराउनु परेको विदेश मन्त्री पोम्पेओले बताएका छन् । इजरायलसँग सम्बन्धी सामान्यीकरण गर्नेगरी युएईले इजरायलसँग कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता गरेलगत्तै युएईलाई अमेरिकाले आधुनिक हातहतियार र युद्धक बिमान बिक्री गर्न लागेको हो । 

यसअघि इजरायल र जोर्डनबीच सन् १९९४ मा तथा इजरायल–इजिप्टबीच सन् १९७९ मा दौत्य सम्बन्ध स्थापना गर्नेगरी सम्झौताहरु भएका थिए । सुडान, बहराइन र युएईसँग भने हालै दौत्य सम्बन्ध स्थापना गर्न सहमति भएको हो ।




भर्खरै