२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानाडाका प्रम जस्टिन ट्रुडेउले पनि शुभकामना दिँदै मनाए दिपावली



अ+ अ-

काठमाडौं । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले पनि नेपालीहरुको महान चाड दिपावली मनाएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडेउले आफ्नो कार्यलयमा दिपावलीको दियो जलाएर एक भर्चुअल उत्सवमा सामेल भएर सम्पुर्ण हिन्दुहरुमा दिपावलीको शुभकामना पनि व्यक्त गरेका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा आफुले मनाएको दिपावली सहित सम्पुर्ण हिन्दुहरुलाई यसरी शुभकामना दिए– 'दिवालीले हामीलाई याद दिलाउँछ कि सत्य, प्रकाश, र भलाइ सँधै प्रबल हुनेछ। त्यो आशावादी सन्देशलाई मनाउन र यस महत्त्वपूर्ण चाडलाई चिनो लगाउन, म आज बेलुका साँझ एक भर्चुअल उत्सवमा सामेल भएँ। सबैलाई दिवालीको शुभकामना !'

आज यमपञ्चकको तेस्रो दिन कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ ।