१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

लैनचौरमा दुई वटा स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडौँ । काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति काठमाडौं महानगरपालिका–२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा. प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो ।

दुर्घटनामा परी बा. प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–५ का २१ वर्षीय रूपेश केसीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा.७९ प ५४७८ नम्बरको स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।