१ आश्विन २०८३, बिहीबार
,
Latest
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति प्रमुख सचेतक राईको आपत्ति माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार मेगावाटको मार्गचित्र र जलवायु उत्थानशीलता… प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौज्दात रकम साढे १४ अर्ब पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैनः उर्जामन्त्री खड्का



अ+ अ-

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एका कार्यक्रममा बोल्दै उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताउनुभएको हो ।

उहाँले सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गर्नुभयो ।

उहाँले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बताउनु भयो । उहाँले आन्तरिक वा वाह्य लगानीको सुरक्षा सरकारले लिने प्रतिवद्धता जनाउँदै । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि सरकार त्यही भनाइमा अडिग छ । निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ । निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिहरु आउनुस्, बसौँ, छलफल गरौँ ।

समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन । समाधानतर्फ लागौँ । यहाँ कसैले कसैलाई गाली गरेर हुँदैन । अब काम गर्ने बेला हो । यो मौका पनि छ । भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युतको सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे ।

अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदैछ, ९ सय मेगावाटको । अरु दुई वटा आयोजनाहरु त्यही कम्पनीले लिइसकेको छ । अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ ।

यस्तो लगानीको आन्तरिक वा वाह्य लगानीको यि सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ । सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरुले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो । जति बढी निजी क्षेत्रले नाफा कमाउनु हुन्छ, त्यति नै बढी राजश्व तिर्ने हो । त्यहाँबाट मात्रै मुलुकलाई सहयोग पुग्ने हो । निजी क्षेत्रको संरक्षण, निजी लगानीको संरक्षण सरकारको दायित्व हो । सरकार त्यसमा पछि पर्दैन ।’

मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक र आर्थिक हिसावमा ठूलो क्रान्ति गरिरहेका मुलुकहरुको फाइदा लिन सक्नुपर्ने बताउनु भयो ।

अहिले अल्मलिने बेला नभएको र सबैकुराको समस्या समाधान गर्नेगरी सरकार अघि बढिरहेको जिकिर गर्नुभयो । मन्त्री खड्काले एकले अर्कालाई दोषारोपण गर्नेकुरामा अल्झिनु नहुने बताउनु भयो ।




भर्खरै