३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आइतबार शेयर कारोबार ६ अर्ब ९० करोडभन्दा बढी, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

आइतबार शेयर कारोबार ६ अर्ब ९० करोडभन्दा बढी, नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार
symbolic picture
अ+ अ-

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा  करिब ७ अर्बको कारोबार भएको छ । आइतबार २०१ ओटा कम्पनीको रू. ६ अर्ब ९० करोड ६७ लाख २८ हजार बराबरको १ करोड ६० लाख ३४ हजार ७१७ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार ६३ हजार ५७० पटकको व्यापारमा भएको हो ।

आइतबार पनि कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीलेनै ओगटेको छ । उक्त कम्पनीको रू. ५७ करोड ९१ लाख १९ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबार गर्दै आएको उक्त कम्पनीको शेयरमूल्य पनि वृद्धि भइरहेको छ । आइतवार न्यूनतम रू. १ हजार १०८ देखि अधिकतम रू. १ हजार २०१ सम्ममा किनबेच भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २८ ले बढेर रू. १ हजार १३८ पुगेको छ ।

यो दिन बैंकिङ समुहको सर्वाधिक २ दशमलव २३ प्रतिशत, विकास बैंकको शून्य दशमलव ६४ प्रतिशत र अन्यको शून्य दशमलव १ प्रतिशत परिसूचक बढेको छ ।आइतवार व्यापारिक समुहको परिसूचक सर्वाधिक ५ दशमलव ६९ प्रतिशत घटेको छ । त्यस्तै होटलको ३ दशमलव ९९ प्रतिशत, जलविद्युतको १ दशमलव ४८ प्रतिशत, वित्तको शून्य दशमलव ४७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५३ प्रतिशत, उत्पादन तथा प्रशोधन २ दशमलव ३३ प्रतिशत, लघवित्त शून्य दशमलव १८ प्रतिशत, जीवन बीमा शून्य दशमलव १८ प्रतिशत र म्यचुअल फण्डको परिसूचक २ दशमलव २८ प्रतिशत घटेको हो ।

बिहीबार ३६ दशमलव ३२ अंकले बढेर १ हजार ७७८ दशमलव १२ विन्दुमा बन्द भएको बजार आइतवार १ हजार ७९१ दशमलव २२ विन्दुदेखि खुला भएको थियो । यस दिन कारोबार खुला भएको १ घण्टा ५ मिनेटमा बजार १ हजार ८११ दशमलव ६४ विन्दुमा पुगेको थियो । बजार बन्द हुदाँ आइतबार ४ दशमलव ६९ अंक बढेर १ हजार ७८२ दशमलव ८१ विन्दुमा अडिएको छ । आइतबार ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स २ अंक बढेर ३४५ दशमलव शून्य ७ विन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १२ ओटा समुहमध्ये बैंकिङ समुह, विकास बैंक समुह र अन्य समुहको परिसूचक बढेको छ भने बाँकी समुहको घटेको छ ।