२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्प्टनमाथि म्यान्चेस्टर युनाइटेडको सहज जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

भर्खरै सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्प्टनलाई उसकै घरेलु मैदानमा ३–० गोलले हराएको हो ।

युनाइटेडलाई जित दिलाउन म्याथिस डि लिग्ट, मार्कुस रासफोर्ड र अलेजान्ड्रो गर्नाचोले एक–एक गोल गरे ।

खेलको ३५ औं मिनेटमा डी लिग्टको गोलबाट युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो । ४१ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा गर्नाचोले गोल गर्दै एक गोल आफ्नो नाममा बनाए ।

७९ औं मिनेटमा कप्तान ज्याक स्टेफन्सले रातो कार्ड खाएपछि अन्तिमतिर साउथह्याम्प्टन १० खेलाडीमा समेटिएको थियो । जितसँगै युनाइटेडले ४ खेलबाट ६ अंक जोडेको छ । साउथह्याम्प्टनले भने खाता खोल्न सकेको छैन ।