२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउँछाैंः चन्द्रप्रसाद ढकाल

निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउँछाैंः चन्द्रप्रसाद ढकाल
अ अ+ अ-

मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मंसिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्रप्रसाद ढकालका चुनावी एजेण्डा र उहाँको विचारसँग केन्द्रित रहेर ढकालसँग गरिएको कुराकानीको केही अंशः

यहाँ हाल महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । हाल उपाध्यक्ष रहेका यहाँले महासंघमा १० वर्ष विताउँदासम्म के काम गर्नुभयो ? 

मेरो मान्यता त म आफैले के गरेँ भनेर आफ्नो बारेमा भन्ने होइन भन्ने नै हो । मेरो कामको मूल्यांकन मेरा अग्रजहरुबाट पनि भएकै छ । म कार्यकारिणी समिति सदस्यमा पहिलो पटक आउँदा अध्यक्ष रहनुभएका आदरणीय सुरज वैद्यदेखि आजसम्म मैले संस्थाको लागि के दिन सकेँ र मुलुकको उद्योग व्यवसाय क्षेत्रका साथीहरुले मेरो भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ भन्ने नै मेरो संस्थागत सम्पत्ति हो । त्यो नै वास्तावमा मेरो उपलब्धि हो ।

मलाई लाग्छ मलाई संस्थाले दिएको उपलब्धि अब्बल दर्जामा रहेर पूरा गर्न सकेँ भन्ने छ । यहाँ रहँदा १० वर्षसम्म गरेको कार्यलाई अहिले नै पूरै स्मरण गर्न त नसकौँला तर जस्तो कि पछिल्लो एक उदाहरण रोजगारदाता परिषदको सभापतिका रूपमा न्यूनतम पारिश्रमिक विवादको समाधानलाई पनि लिन सकिन्छ । लकडाउन अवधिको तलबमान निर्धारणका विषयमा म आफू नै सो परिषदको सभापति भएकोले एफएनसिसिआइको प्रतिनिधित्व गर्नुपर्दथ्यो, गरेँ । सरकार र मजदुर साथीहरुका प्रतिनिधिहरुसँग बसेर नेगोसिएसन गर्नुपर्ने थियो र गरियो । यहाँलाई पनि थाहौ छ कि यसमा सरकारको निर्णयभन्दा एक कदम अगाडि सरेर मजदुर प्रतिनिधिलाई ५० प्रतिशत तलबमा सहमत गराउने काम मेरै समन्वयबाट भएको हो, जुनकुरा मिडियामा आइनै सकेको छ । यसरी यसलाई सिङ्गो निजी क्षेत्रको नेतृत्व गर्न पाएको अवसरका रुपमा पनि मैले लिएको छु ।

त्यसैगरी दुर्गमका जिल्लानगरदेखि अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत महासंघको उपस्थितिका लागि अहोरात्र खटेको छु । हामीलाई अर्थात व्यवसाय क्षेत्रलाई नीति निर्माणका तहमा निजी क्षेत्रका आवाज मुखरित गरेकै छु । महासङ्घको प्रादेशिक संरचनाअनुसार स्थापना भएको प्रदेश उद्योग वाणिज्य सङ्घको पूर्वाधारको व्यवस्थालगायत जिल्ला नगरका हरेक इस्यु र जिल्लाका साथीहरुका गुनासाहरुलाई सुल्झाउने प्रयास गरेको छु । यी सबै कामको साक्षी महासङ्घका साथीहरु हुनुहुन्छ । त्यसैले मैले आफ्नो बारेमा आफैले केही नभनौँ भन्ने लागेको हो । 

महासङ्घको वरिष्ठ उपाध्यक्षमा तपाईंको उम्मेदवारी किन ? यहाँले आफ्नो उम्मेदवारीलाई कसरी पुष्टि गर्नुहुन्छ ?

यहाँलाई विदितै छ कि निजी क्षेत्र देशको समृद्धिको यात्राको दरिलो खम्बा हो । तर त्यही निजी क्षेत्रले राज्यको तर्फबाट अपेक्षाअनुसार सम्मान पाउन भने सकेको छैन । जुन बेला मुलुकको निजी क्षेत्रलाई आवश्यक परेको छ, अभिभावक चाहिएको हुन्छ त्यस बेला भने अभिभावकको भूमिका प्राप्त गर्न सकेको छैन भन्ने हाम्रा कतिपय अनुभवहरु छन् । नेपाल उद्योग वाणिज्य महासंघ नेपालको समग्र उद्योग व्यवसायीहरुको प्रतिनिधित्व गर्ने आधा शताब्दिभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको छाता संस्था हो ।

हो, मेरो उम्मेदवारी देशको यो क्षेत्रले त्यो सम्मान पाउन सक्ने अवस्था दिलाउनका लागि हो, राज्यबाट अभिभावकत्व पाउनका लागि हो । यसका लागि हामीले संघर्ष र सम्वाद दुवै गर्नुपर्ने हुनसक्छ । तर म चाहिँ सम्बादमा बढी विश्वास गर्छु । आज लडाइँ होइन संवाद गरेर हाम्रा हक खोज्नुपर्छ । हिजो हामीले पाएको सम्मानमा आज ह्रास आएको छ । हामीले त्यो हाम्रो सम्मान फिर्ता ल्याउनुपर्छ । त्यसका लागि म र हाम्रो टिमले सशक्त रुपमा काम गर्नेछ । निजी क्षेत्रलाई राज्यले बोलीमा त देशको विकास र समृद्धिको स्टेकहोल्डर ठानेको छ, त्यसलाई व्यवहारमै आत्मसात गर्न सक्ने बनाउनुपर्छ । त्यसैले पनि हामी महासंघको नेतृत्वमा पुग्नुपर्ने अवस्था छ । यसका साथै कोरोनाले थलिएको निजी क्षेत्र र देशको अर्थतन्त्र माथि उकास्न पनि सक्षम र सबल नेतृत्व चाहिन्छ र यसैका लागि हामी महासंघ नेतृत्वका लागि अघि बढेका हौँ ।

निजी क्षेत्र आर्थिक विकास र रोजगारी सिर्जनाको पनि एक सशक्त इन्जिन हो । यो इन्जिनलाई सञ्चालनमा ल्याउन, कामयवी बनाउन र यसबाट बढीभन्दा बढी लाम लिनसक्ने बनाउन निजी क्षेत्रको सक्रिय सहभागिता आवशयक छ । मैले यही महसुश गरेर नै राज्य र निजी क्षेत्रबीच नै हातेमालो हुनु आवश्यक छ भनेको हो ।

हामीले औद्योगिक र व्यापारिक वातावरण बनाउन अझै थुप्रै काम गर्न बाँकी छ । ती के काम हुन् भनेर हामीले पहिचान गरिसकेका पनि छौँ । एजेन्डाका रूपमा अगाडि बढाएका पनि छौँ । हामी नेतृत्वमा आउनासाथ ती क्षेत्रमा काम थाल्नेछौँ । यसले सिङ्गो निजी क्षेत्रप्रतिको धारणा बदल्नेगरी काम गर्ने हाम्रो प्रयास रहनेछ । यसैले नै हामीले समृद्धिको आधार नै राज्य र निजी क्षेत्रको साझेदारी भनेर हाम्रो मूल नारा तय गरेका हौँ ।

अर्काे कुरा म महासंघमा द्विराष्ट्रिय र एसोसिएटबाटै प्रतिनिधित्व गरेको भए पनि जिल्ला नगरका साथीभाइसँग सबैभन्दा बढी भिजेको छु । यहाँले देखि नै रहनुभएको छ कि म अहिले पनि ताप्लेजुङदेखि दार्चुलासम्मका सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघका साथीहरुलाई सम्बन्धित जिल्लामै गएर भेट्ने महासंघको म नै एक पदाधिकारी हुँ भन्दा मलाई गर्व लाग्छ । यसैले मैले हामी नेतृत्वमा आएपछि घरेलु नवीकरणका लागि उद्योग वाणिज्य संघको सिफारिस चाहिने कुरालाई उठाउने छौँ भन्ने कुरा जिल्ला नगरका साथीहरुलाई म विश्वास दिलाउन चाहन्छु ।

नगरपालिकाको व्यावसायिक करमा उद्योग वाणिज्य संघलाई सहभागि गराउन पहल गर्ने र निम्न आय भएका उद्योग वाणिज्य संघलाई कम्तीमा वार्षिक पाँच लाख रूपैयाँको आम्दानीको स्रोत जुटाउनका लागि मोडल बनाउने काम हामीले गर्नेछौँ । हामीले पहिले पनि भनेका छौँ कि गाउँ गाउँमा उद्यमशीलताको विकासका लागि अरु पहलहरुका अतिरिक्त एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमलाई फेरि लागू गर्ने विषय पनि हाम्रो प्राथमिकतामा छ । त्यसैगरी जिल्ला नगरका समस्या समाधान गर्न महासंघसँग सीधै जोडिने गरी संयन्त्र बनाउने योजना अगाडि सारेका छौँ ।

यी र यस्ता अनेकन समस्या छन् हाम्रा । यसमाथि पछिल्लो समयमा फेरि कोरोना महामारीले समग्र मुलुककै उद्योग र व्यवसाय क्षेत्रलाई नै सबैभन्दा बढी मारमा पारेको छ । हामीले इतिहासमै यसअघि कहिल्यै नभोगेको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । मैले यी विचारहरु यहाँसँग राखिरहँदा पनि हामी यो महामारीको चपेटामै छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो भन्ने कुराको स्पष्टता कतै आएको अवस्था छैन । यसकारण पनि यो जटिल चुनौतीसँग जुध्नका लागि महासंघमा दरिलो नेतृत्वको खाँचो महसुस भएको हो । यही सङ्कटसँग जुध्नका लागि हाम्रो उद्योग व्यवसाय क्षेत्रमा हामी मुलुकका सबै व्यवसायी साथीहरुलाई बलियो काँध चाहिएकोले उहाँहरुले मलाई अघि सार्नुभएको हो । त्यसैले म नेतृत्वमा पुगेपछि मुलुकका यी समग्र समस्याहरुको समाधानका लागि लागिपर्ने प्रतिबद्धता पनि यहाँ व्यक्त गर्न चाहन्छु । 

निर्वाचनमा तपाईंको टिमले विजय हासिल गर्ने ‘स्ट्रेन्थ’ के हो ? 

हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको उद्योग व्यवसायको क्षेत्रको अनुभवले खारिएको टीम छ । म लगायत उहाँहरु सबैमा वास्तवमा यो क्षेत्रका लागि र यसमार्फत मुलुकका लागि केही गरौँ भन्ने उत्साह छ । युवा जोशदेखि दशकौँ लामो व्यावसायिक तथा चेम्बर आन्दोलनको अनुभवले भरिपूर्ण टिम हाम्रो मात्र छ । व्यवसायिक होस कि भौगोलिक या अरु नै हिसाबले किन नहोस हाम्रो टिम बढी समावेशी छ र यसले व्यावसायिक र क्षेत्रगत सन्तुलन पनि समेटेको छ । उत्पादनमूलक, सेवा, व्यापार, जलविद्युत्, कृषि, पर्यटन, साना–मझौलालगायत सबैखाले व्यवसायको सुनिश्चित प्रतिनिधित्व हाम्रो टिममा छ ।

यसैले हाम्रो टिमले देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्यान, नयाँ नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लबिङ या पोलिसी डायलग गर्न पनि यो टिम सक्षम र सशक्त छ । हाम्रो मान्यता पनि के हो भने महासंघमा रियल स्टेकहोल्डरले मात्र नेतृत्व गर्नुपर्छ भन्ने हो । जस्तो हेरौँ न हाम्रो टिममा सानो व्यवसायदेखि ठूलो कर्पाेरेट लेवलमा व्यवसाय गरेकाहरुको प्रतिनिधित्व छ । जस्तो कि राज्यले दिने सिआइपी सम्मान पाउने नै हामी चारजना पदाधिकारीका उम्मेदवारमध्ये दुई जना नै छौँ । यो पनि हामीले चुनाव जित्ने धेरैमध्येको एक आधार हो ।       

हाल कोरोना महामारीले देशको उद्योग व्यवसाय संकटमा परेको छ । यस्तो बेलामा मुलुकको समग्र व्यवसाय क्षेत्रलाई नै पुनस्थापनाका  लागि यहाँ र यहाँको टिमले के कस्तो पहल गर्नुहुन्छ ?

हो यतिखेर महामारीले देश नै आक्रान्त छ भने मलाई लाग्छ उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा छ । हामीले मलाई लाग्छ इतिहासमै यसअघि कहिल्यै नआएको र नसोचेको क्षतिको अवस्था भोग्न बाध्य भएका छौँ । अझै पनि यो महामारीले कुन रूप लिने हो स्पष्ट भएको छैन । त्यही कारण यो सङ्कटसँग जुध्न पनि हामीलाई बलियो र सशक्त नेतृत्व चाहिएको हो । वास्तवमा कुनै पनि क्षेत्रका लागि यस्तै संकटकै बेलामा बलियो नेतृत्व चाहिने हो । हामीले बेला बेलामा भन्ने गर्छौँ नि नेतृत्व भनेको संकटको सारथि हो भनेर । हो, हामीले त्यही सारथिको काम गर्ने जिम्मेवारीमा जाँदैछौँ ।

म आफूले त यो संकटको सारथि नै भएर काम गर्छु भन्ने मेरो यसैले प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ हामी लाग्नुपर्ने अवस्था छ र नेतृत्वमा पुगेपछि मेरो प्रयास पनि यसैमा केन्द्रित रहनेछ । यहाँले भन्नुभएजस्तै पछिल्लो समयमा महामारीले पनि हामीमाथि अकल्पनीय चुनौती थपिदिएकोले त्यसको ट्याकल गरी देशको उद्योग व्यवसाय क्षेत्रलाई राहात प्रदान गर्न र अहिलेको अवस्थालाई माथि उठाउन पनि हामीसँग कार्ययोजनाहरु छन् । हामीले ‘एफएनसिसिआई भिजन २०२५’ को मस्यौदा बनाएर सार्वजनिक पनि गरेका छौँ, हामी त्यसैमार्फत अघि बढ्छौँ । त्यसमा कारोना महामारीका कारण देशको उद्योग व्यवसायका क्षेत्रमा सिर्जित समस्याको समाधानका प्रसस्त कार्यक्रमहरु छन् ।