३१ श्रावण २०८३, आईतवार
,
Latest
अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा शिक्षा ऐनमा निजी विद्यालयका लगानी र अधिकार सुनिश्चित गर्न प्याब्सन मधेसको सुझाव मन्त्री मेहताद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन, गजेन्द्रनारायण सिंह अस्पताल निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी: सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले यस्तो बताउनुभएको हो । प्रजातान्त्रिक समाजवाद संसारकै उत्तम समाजवाद भएको जिकिर गर्नुभयो । उहाँले विपी कोईरालालाई सानो देशको ठूलो नेताका रुपमा चित्रण गर्नुभयो । उहाँले विपीलाई ज्ञान नभएको विषय नै नरहेको बताउनु भयो ।

उहाँले विपी धेरै विषयको ज्ञानी भएपनि समयानुसार केही कुराहरु परिवर्तन हुने बताउनु भयो । उहाँले विपीले त्यो बेलामा सबैले गाई पाल्नुपर्छ भन्नुभएको तर अहिले सबैलाई दुध खुवाउनुपर्छ भनेर डेरी कन्सेप्ट आएको बताउनु भयो । उहाँले गाई सबैले पाल्नुपर्छ भन्दा पनि सबैले दुध पिउन पाउनुपर्छ भन्नेकुरा महत्वपूर्ण रहेको बताउनु भयो । विपी कोईराला अलराउण्डर भएको समेत बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विपी कोईराला सानो देशको ठूलो नेता हो । उहाँलाई ज्ञान नभएको विषय नै थिएन । धेरै विषयको ज्ञानी हुनुहुन्थ्यो । कति कुराहरु समयअनुसार पनि चेन्ज हुन्छ । जस्तै उहाँले गाई पाल्ने कुरा गर्नुभएको थियो । आज गाई पाल्ने कुरा भन्दा पनि आज ठाउँठाउँमा बाटो पुग्ने, बिजुली, बत्ती पुगेको छ । आज गाई पाल्नु भन्दा पनि दुध सप्लाई गर्न डेरी सञ्चालन गर्ने हो । घरघरमा दुध बालबच्चाले पाउन् भनेको मतलव गाई पाल्नु भन्दा पनि बालबालिकालाई दुध खुवाउनु ठूलो कुरा हो । आज डेरी कन्सेप्ट ठूलो कुरा हो । समयमा धेरै कुरा चेन्ज हुन्छन् । विपी कोईराला अलराउण्डर हो । साहित्यमा त्यत्तिकै उत्कृष्ट ह्ुनुहुन्थ्यो । विपी कोईरालाका बारेमा व्यापक अध्ययन र अनुसन्धान हुनु जरुरी छ ।’

सभापति देउवाले विपीले छोडेर गएका प्रजातान्त्रिक समाजवादलाई अध्ययन गरी बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो । विपी जस्तो नेता अहिलेसम्म अरु पार्टीमा नजन्मिएको बताउनु भयो ।




भर्खरै