२४ मंसिर २०८२, बुधबार
,
Latest
प्रभु बैंकका रेमिट्यान्स प्रमुख शाक्य पक्राउ बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते काठमाडौँ विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित सरकारसँग मानव अधिकार आयोगको गुनासोः सिफारिस अझै कार्यान्वयन भएन उपराष्ट्रपति यादवसँग कतारका राजदूतको शिष्टाचार भेट ३ महिनापछि जेन–जी प्रतिनिधिसँग सम्झौता गर्दै सरकार एनपीएलः काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य गरिमा विकास बैंकका ऋणी मुखियाको आत्मदाह प्रयास राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री सिन्हा आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसदको आरोप: प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिनुभयो



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर भन्ने आदेश दिएको आरोप लगाउनुभएको छ ।

मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले एनसेलको भर्खरै  नविकरणको बारेमा एकै पटक पैसा तिर्नुपर्ने भएपनि प्रधानमन्त्री ओलीले किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर भन्नुभएको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एनसेलको भर्खरै  नविकरणको बारेमा तिनीहरुले एकै पटक पैसा तिर्नु पर्दथ्यो । तर किस्ता किस्तामा तिरे पनि हुन्छ भनेर प्रधानमन्त्रीज्युले भनिरहनुभएको छ । यो के सोच हो ? उहाँले भ्रष्टाचार गरिन्न, सहिन्न भनेर नेपाली जनताको जनताको अगाडि जे भनिरहनुभएको छ । २०५० सालतिर कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईराला सँग बस्नुहुन्थ्यो । उहाँहरुको बीचमा अन्तरबिरोध थियो । कृष्णप्रसाद भट्टराईजीले के भन्नुहुन्थ्यो भने गिरिजाबाबु र म त एकदम मिलेका छौँ भन्नुहुन्थ्यो । नमिल्दा मिलेका छौँ भन्नुहुन्थ्यो, मिलेपछि त भनिरहनु पर्दैन । अहिले सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि भ्रष्टाचार गरिन्न,सहिन्न भनेको भ्रष्टाचार भइरहेको छ, भ्रष्टाचार गरिन्छ, भ्रष्टाचार गर भनेको हो ।’

सांसद सुवेदीले संविधान स्वीकार गर्ने हो भने माओवादीको जनयुद्धलाई पनि स्वीकार गर्नुपर्ने बताउनु भयो ।