२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको अन्तिम दिन बिहिबार  नेप्से १८९३.२४ विन्दुमा, कारोबार रकम हालसम्मकै उच्च



symbolic picture
अ+ अ-

काठमाडौं । बिहीबार शेयर बजारमा यस अघिको ऐतिहासिक उच्च विन्दु १ हजार ८८१ पार गरेर १ हजार ८९३ दशमलव २४ विन्दुमा बन्द भएको छ । यो दिन बजार १८ दशमलव ४३ अंकले बढेको हो । उता, ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८५ अंक बढेर ३६५ दशमलव १८ विन्दुमा पुगेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीवार हालसम्मकै उच्च रकमको शेयर कारोबार भएको छ । यो दिन रू. ७ अर्ब ६१ करोड ३० लाख ३० हजार बराबरको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर कारोबार भएको हो । उक्त कारोबार २०१ ओटा कम्पनीको ७० हजार ३ पटकको व्यापारमा भएको हो । बिहीवार कारोबार रकमसँगै कारोबार कित्ता र व्यापार पटकले नै ऐतिहासिक रेकर्ड राखेको हो ।

यस दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यो कम्पनीको रू. ५८ करोड १३ लाख १७ हजार बराबरको शेयर कारोबार भएको हो । बिहीवार रू. १ हजार ३३७ मा खुला भएको नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६५ ले बढेर १ हजार ३३९ पुगेको छ । यस दिन नेपाल पुनर्बीमा कम्पनीको अधिकतम रू. १ हजार ३८७ र न्यूनतम रू। १ हजार २७५ सम्म शेयर खरीदविक्री भएको छ । बिहीवार एनएमबि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले, पाँचथर पावर कम्पनीको ९ दशमलव ९५ प्रतिशत, हिमालयन उर्जा विकास कम्पनीको ९ दशमलव ७९ प्रतिशत र आँखुखोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ दशमलव ५९ प्रतिशतले बढेको छ ।

नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको बिहीवारको बजारमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य सर्वाधिक ६ दशमलव १८ प्रतिशतले घटेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ४९४ ले घटेर अन्तिम मूल्य रू. ७ हजार ५०६ मा झरेको हो । बिहीवार बजारमा बैंकिङ समूहको परिसूचक सर्वाधिक २ दशमलव ७ प्रतिशतले बढेको छ । यो दिन जलविद्युतको शून्य दशमलव ४६ प्रतिशत, अन्य १ दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६२ प्रतिशतले बढेको छ ।व्यापारिक समूहको परिसूचक सर्वाधिक ५ दशमलव ३३ प्रतिशतले घट्दा होटलको २ दशमलव १ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत, वित्तको शून्य दशमलव ६५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५८ प्रतिशत र जीवन बीमाको १ दशमलव २१ प्रतिशत परिसूचक घटेको छ ।