२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरिया कोरोना संक्रमतिको संख्या ३३ हजार ८२४ पुग्यो



अ+ अ-

काठमाडौं । दक्षिण कोरियामा गत २४ घण्टामा थप ४५० जनामा कोभिड १९ को संक्रमण देखिएपछि यहाँ कोरोना भाइरस कुल संक्रमितको संख्या ३३ हजार ९२४ पुगेको छ । 
हालसम्म भएका कुल संक्रमित मध्ये २७ हजार ५४२ जना कोरोना मुक्त भएका पनि यहाँको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । 

दक्षिण कोरियामा आन्तरिक रुपमा कोरोना संक्रमण हुनु भन्दा पनि बाहिरी देशबाट आएका व्यक्तिहरुमा भएको संक्रमणका कारण देशभित्रका व्यक्तिहरुलाई सरेको जानकारी दिइदै आएको छ । दक्षिण कोरियामा कोरोना शुरु भएयता हालसम्म यस संक्रमणको कारण ५२३ जनाको मृत्यु भएको छ ।  

कोरोना भाइरस संक्रमणको कारण विश्वमा  छ करोड २५ लाख ८६ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका छन् । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस कोरोना संक्रमणको कारण विश्वमा  १४ लाख ५८ हजार व्यक्तिको मृत्यु भईसकेको छ ।

 संक्रमण भएका मध्ये ४ करोड ३१ लाख ९८ हजार भन्दा बढी व्यक्ति कोरोना मुक्त भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको छ ।