२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday
Latest
शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने यो अनौठो रूखले दुई प्रेमीहरूलाई जोड्छ जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा ट्युबबेल सुक्न थालेपछि पानीको समस्या विवादमा परेका समय रैना डिप्रेशनमा ! विश्व शान्ति कायम गर्न प्रेरित गर्दै बौद्ध गुरुहरु युक्रेन–रूस शान्ति वार्ताको आयोजना गर्ने बेलारुसका राष्ट्रपतिको प्रस्ताव कुलमानलाई हटाउन सरकारले चलखेल गरेको छैन: मन्त्री खड्का सबै दलका लागि इतिहास लेख्ने अवसरः सुनिता बराल कुलमानले कार्यसम्पादन मूल्यांकनमा शून्य अंक पाएकोबारे संसद्‌मा रुलिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो



अ+ अ-

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उहाँलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । 

बाइडेनलाई डेलावेयरस्थित नेवार्क अस्पतालमा शनिबार उपचारका लागि भर्ना गरिएको थियो । 

बाइडेनका चिकित्सक केभिन ओ–कोन्नोरले एक विज्ञप्ति प्रकाशन गरी प्रारम्भिक एक्स–रे गर्दा हड्डी भाँचिएको नदेखिएको बताउनु भएको छ । तर उहाँको खुट्टाको सिटी स्क्यान गर्न लागिएको पनि डा केभिनले बताउनुभयो ।

बाइडेनको उमेर हाल ७८ वर्ष रहेकाले पनि स–सानो दुःखाई पनि जटिल हुन सक्दछ । राष्ट्रपति–निर्वाचित बाइडेनले आगामी वर्ष जनवरी २० मा राष्ट्रपतिको शपथ लिँदै हुनुहुन्छ । उहाँ अमेरिकी इतिहासमै सबैभन्दा बढी उमेरमा राष्ट्रपति बन्नु हुनेछ ।

बाइडेन अस्पतालमा जाँदा खुट्टा खोच्याउँदै हिँड्नु भएको देखिएको थियो तर वैशाखी वा अन्य कुनै सहायता लिनु भएको थिएन । 

राष्ट्रपति–निर्वाचित बाइडेन परिवारमा २ वटा कुकुर छन् र उहाँहरुले दुबैलाई ह्वाइट हाउस लैजाने यसअघि नै बताइसक्नु भएको छ ।