२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा गौरा पर्व मनाईयो



अ+ अ-

वाशिङ्गटन डिसी । नेपालको सूदूर पश्चिम क्षेत्रमा मनाईने धार्मिक तथा साँस्कृतिक रुपमा मनाईने गौरा पर्व अमेरिमा बस्दै आएका नेपालीहरुले पनि आईतवार मनाएका छन् ।

सूदूर पश्चिम समाज अमेरिकाले आयोजना गरेका गौरा पर्वमा सहभागीहरुले देउडा गीत समेत गाएका थिए ।

मेरिल्याण्ड राज्यको स्थानीय पार्कमा आयोजित कार्यक्रममा सहभागीहरुले गौरा माताको प्रतिमा दर्शन तथा पूजा आजा गरि गौरा माताको स्वागत तथा विदाई गरेका थिए ।

कार्यक्रममा गौरा पर्वका अध्येता तथा लेखक तीर्थराज पाण्डेयले गौरा पर्वको विविध पक्षको ऐतिहासिक तथा साँस्कृतिक महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

मेरिल्याण्ड राज्यका डेलिगेट डा हयारी भण्डारीले संस्कृति जगेर्नामा योगदान पुरयाएको भन्दै आयोजकको प्रशंसा गर्नु भएको थियो ।

समाजका अध्यक्ष विक्रम शाहीको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन मेरिल्याण्डका अध्यक्ष कूल गुरुङ्ग, संस्थाका संस्थापक अध्यक्ष दमन विक्रम शाह, वानाका अध्यक्ष सुवोधविलास पन्त,भीमविक्रम शाही लगायतले मन्तव्य राखेका थिए ।