• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित ★   तोलामा रु तीन सयले घट्यो सुनको मूल्य ★   पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँः महामन्त्री शर्मा (अन्तरवार्ता) ★   पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल ★   सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ? ★   ‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु ★   भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी ★   पोडवे बन्न सक्छ सार्वजनिक यातायात सुधार्ने उपयुक्त विकल्प ★   कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र ★   बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

एन्फा महासचिवको तलब बढेर २ लाख ७० हजार पुग्दा खेलाडीको तलब १८ हजारबाट ३० हजार



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल खेलाडीको तलबलाई लिएर विभिन्न समयमा टिकाटिप्पणी हुँदै आएको छ ।

केही समय पहिले राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा खेलाडी र एन्फाको तलब र सेवा सुविधाबारे दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा खेलाडीहरुको तलब निकै दयनीय र एन्फाका पदाधिकारीले भने चर्को सेवा सुविधा र तलब लिने भन्दै आक्रोश पोखिएको थियो ।

घरेलु लिग समेत नभएको अवस्थामा खेलाडीको तलबलाई लिएर कुराहरु उठ्नु स्वभाविक नै हो ।

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक मंगलबार बिहान सुरु भएर अबेर चलेको थियो । सो बैठक बिहीबार बिहानसम्मलाई स्थगित गरिएको छ । आज बुधवार साफ यू–२० च्याम्पियनसिपको फाइनलको कारण बैठक बिहीबार जारी रहने छ ।

कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय गरेको छ ।

एन्फा पंकज अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्‍याउने प्रस्ताव राखेका थिए । उक्त एजेण्डामा केही सदस्यहरुले असन्तुष्टि देखाएपनि यो प्रस्ताव बहुमतले पारित भयो ।

हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक तलब थाप्दै आएका छन् । साथै, बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रूपैयाँबाट मासिक ३० हजार पुर्‍याएको छ । यो निर्णय भने सर्वसम्मतले पारित भयो ।

यस्तै, बैठकले नेपाली राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ ।

सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक सम्हालेका एनेसको यसअघि तीन महिला सम्झौता थप गरिएको थियो ।

उनको प्रशिक्षणमा नेपालले थ्री नेसन्स कप फुटबल, साफ च्याम्पियनसिप, विश्वकप छनोट र केही मैत्रीपूर्ण खेलहरु खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेको छ ।

उक्त प्रतियोगितामा नेपालसहित लाओस र भुटान सहभागी थिए । समग्रमा एनेसको प्रशिक्षणमा नेपालले कूल १६ खेल खेलेको छ । जसमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ । यस्तै ३ खेल बराबरी खेल्दा १० खेलमा पराजय ब्यहोरेको छ ।