२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा कार्यसमिति बैठक शुरु, २३ बढी एजेण्डा



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरू भएको छ ।

एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै शुरू भएको हो ।

बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ । नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफ सीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आव २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो ।

आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ ।