२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनराइज बैंकले स्वास्थ्य सुविधालाई प्राथमिकता दिदैँ



अ+ अ-

काठमाडौँ । सनराइज बैंकले आफ्ना ग्राहकहरुको आवश्यकता र सुविधालाई मध्य नजर गर्दै विभिन्न सेवा सुविधाहरुका स्वास्थ्य सुविधालाई पनि प्राथमिकता दिदैँ आएको छ । सनराइज बैंकमा बचत गर्दा ग्राहकहरुले बचत र ब्याज मात्र हैन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउने भएको छ । २०७४ साल चैत्र १ गते देखि सनराइज बैंकले आफ्ना सबै बचत खातामा उक्त स्वास्थ्य योजना दिदैँ आएकोमा यस वर्ष त्यसलाई परिमार्जन गरी थप सुविधा दिन बैंकले जनाएको छ । 

बैंकले स्वास्थ्य बीमा अन्र्तगत अस्पताल भर्ना र ओ.पि.डी खर्च गरी रु.१ लाख सम्मको बीमा दिएको छ । उक्त बीमा रकम वर्षमा तीन पटक सम्म गरी दाबी गर्न सकिनेछ । साथै ५ लाख सम्म दुर्घटना बिमा पनि दिइएको छ । पहिले नेपाल र भारतका १५ वटा अस्पतालमा गरिएको उपचारमा मात्र बिमा दिदै आएकोमा यस वर्ष देखि नेपाल लगाएत भारतका ७० वटा अस्पताल तथा Singapore  र Thailand का अस्पतालमा उपचार गराउदाको खर्च समेत स्वास्थ्य योजना अन्र्तगत दाबी गर्न सकिनेछ । 

साथै नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिने भएको छ । महिलाहरुमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग आदि सहितका १८ घातक रोगहरु यसले समेट्ने छ । साथै महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म दिइने बैंकले जनाएको छ । उक्त प्रसुति खर्च भने सरकारी तथा अर्ध सरकारी अस्पतालमा प्रसुति गराउदा लिन सकिने छ ।

ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिएको र यसले हाल सम्म हजारौ ग्राहकहरु लाभान्वित भइसकेको बैंकको भनाई छ । हाल उपलब्ध सबै खाले बचत खातामा यो सुविधा उपलब्ध छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ८७ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।