४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री र सार्कका महासचिवबीच शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबीच छलफल भएको छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिनुभएको सार्क सचिवालयले जनाएको छ ।

सार्कको अध्यक्षका रुपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता व्यक्त गर्दै महासचिव सरवारले परराष्ट्रमन्त्रीका रुपमा सार्क मन्त्रिपरिषद्को जिम्मेवारी सम्हाल्नुभएकामा मन्त्री राणाप्रति बधाईज्ञापन गर्नुभयो ।

भेटका अवसरमा उहाँहरुबीच सार्कका जारी गतिविधि, भावी योजना तथा बैठकबारे पनि छलफल भएको थियो ।