२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजादेखी सबै अटाउने ब्यबस्थाले मात्र मुलुकमा दिगो शान्ति र बिकास: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिबर्तन जरुरी भएको बताएका छन् ।

आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने ब्यबस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् ।

थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आबश्यक भएको समेत बताए काङ्ग्रेस,एमाले माओवादीको बिकल्पमा राप्रपा नेपालले मात्र बिचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर बिष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला ‘चुनेली’, सन्तोष अधिकारी लगायतले बोलेका थिए ।