९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

ट्रम्पको दाबीः कमला ह्यारिसको जुलुसमा नक्कली भीड, धेरै मानिसहरू देखाउन एआई प्रयोग गरियो

ट्रम्पको दाबीः कमला ह्यारिसको जुलुसमा नक्कली भीड, धेरै मानिसहरू देखाउन एआई प्रयोग गरियो
अ अ+ अ-

एजेन्सी । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन् । र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन् । यो र्‍याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताए ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैले याद गर्यो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन्, तर त्यस्तो भएन । त्यहाँ उनको पर्खाइमा कोही थिएन ।’

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यस चुनावमा टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवारको रूपमा चयन गरेकी छन् । टिम वाल्ज अमेरिकी राज्य मिनेसोटाका गभर्नर हुन् । कमला ह्यारिसले यो कदमलाई ग्रामीण र गोरा मतदातालाई आकर्षित गर्ने प्रयासको रूपमा हेर्दै छिन् ।