२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रम्पको दाबीः कमला ह्यारिसको जुलुसमा नक्कली भीड, धेरै मानिसहरू देखाउन एआई प्रयोग गरियो



अ+ अ-

एजेन्सी । रिपब्लिकन पार्टीका राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले सोमबार उपराष्ट्रपति कमला ह्यारिसको मिशिगनको र्यालीमा ठूलो भीड नभएको दाबी गरेका छन् । र्‍यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको उनले बताए ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।

कमलाले बुधबार (७ अगस्ट) मिशिगनको डेट्रोइटमा चुनावी र्‍यालीलाई सम्बोधन गरेकी थिइन् । यो र्‍याली अघि विमानस्थलमा ठूलो भीड जम्मा भएको थियो । यसको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो, त्यसपछि ट्रम्पले यो सबै नक्कली भएको बताए ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमलाले एयरपोर्टमा धोका दिएको कसैले याद गर्यो ? उनले समर्थकहरूको ठूलो भीड देखाइन्, तर त्यस्तो भएन । त्यहाँ उनको पर्खाइमा कोही थिएन ।’

यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले यस चुनावमा टिम वाल्जलाई उपराष्ट्रपतिको उम्मेदवारको रूपमा चयन गरेकी छन् । टिम वाल्ज अमेरिकी राज्य मिनेसोटाका गभर्नर हुन् । कमला ह्यारिसले यो कदमलाई ग्रामीण र गोरा मतदातालाई आकर्षित गर्ने प्रयासको रूपमा हेर्दै छिन् ।