४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सले कुवेतमा उडान पुन: सुरु गर्ने



अ+ अ-

काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्सले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुन: सुरु गर्ने भएको छ ।

यात्रुहरूको आवश्यकता पूरा गर्ने तथा कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्न एअरलाइन्सले आफ्नोे सीधा उडान पुन : सञ्चालन गर्न लागेको जनाएको छ ।

यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुन: सुरु गरिएको यस उडानले े दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने जनाएको छ ।

एयरलाईन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट (न्क्ब्) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

हिमालयले काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको जनाएको छ ।

काठमाडौँ–कुवेत उडान काठमाण्डाँैबाट स्थानीय समय अनुसार बिहान ००:४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३:१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ ।

त्यसैगरी कुवेत–काठमाडौँ उडान कुवेतबाट स्थानीय समय बिहान ०४:१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११:५० मा काठमाडौँ अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध रहेको जनाउदै काठमाडौँ–कुवेत मार्गमा उडान पुन:स्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण भएको एयरलाईन्सले जनाएको छ । यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर रहेको जनाएको छ ।