२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालय एअरलाइन्सले कुवेतमा उडान पुन: सुरु गर्ने



अ+ अ-

काठमाडौं । नेपालको एक मात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्स्, हिमालय एअरलाइन्सले आउँदो अगस्ट २०, २०२४ देखि कुवेतमा आफ्नो सीधा उडान पुन: सुरु गर्ने भएको छ ।

यात्रुहरूको आवश्यकता पूरा गर्ने तथा कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्याधिक मागलाई सम्बोधन गर्न एअरलाइन्सले आफ्नोे सीधा उडान पुन : सञ्चालन गर्न लागेको जनाएको छ ।

यसैगरी, काठमाडौँ–कुवेत–काठमाडौँमा पुन: सुरु गरिएको यस उडानले े दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने जनाएको छ ।

एयरलाईन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट (न्क्ब्) पार्टनरको रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

हिमालयले काठमाडौँ–कुवेत–काठमाडौँ हवाई मार्गमा हप्तामा एक उडान सञ्चालन गने र थप मागको आधारमा उडानहरू थप्ने योजना बनाएको जनाएको छ ।

काठमाडौँ–कुवेत उडान काठमाण्डाँैबाट स्थानीय समय अनुसार बिहान ००:४० बजे उडान भरेर स्थानीय समय अनुसार बिहान ०३:१५ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थल, कुवेतमा अवतरण गर्नेछ ।

त्यसैगरी कुवेत–काठमाडौँ उडान कुवेतबाट स्थानीय समय बिहान ०४:१५ मा उडान भर्ने र स्थानीय समय अनुसार बिहान ११:५० मा काठमाडौँ अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स् नेपाललाई विश्वसँग जोड्न र प्रवर्धन गर्न प्रतिबद्ध रहेको जनाउदै काठमाडौँ–कुवेत मार्गमा उडान पुन:स्थापना हाम्रो उक्त लक्ष्यको प्रमाण भएको एयरलाईन्सले जनाएको छ । यात्रुहरूको यात्रा सहज र आरामदायी बनाउनका साथै नेपाल र कुवेतबीचको बलियो सम्बन्धलाई प्रगाढ तुल्याउन तत्पर रहेको जनाएको छ ।