२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ: उपप्रमुख डंगोल



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न म्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरुको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने बताउनु भयो । उहाँले साझा मूल्यहरुलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्ने बताउनु भयो । उहाँले सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ भन्ने भावनामा केन्द्रित हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै जना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरु आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु । आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको । यो मेनिफेस्टोले सामुहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरुलाई अघि बढाउन सकोस् । यो मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ । हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस् ।’

उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।