२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

ललितपुरमा आईतवार राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरुलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले अहिले भएका अधिकारहरु कसरी कार्यान्वयन गर्ने रु बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताउनु भयो । उहाँले प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिले पोलिटिक्स राइट्सहरु प्राप्त गरेका छाँै । जुन २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि हामीले प्राप्त गरेका अधिकारहरुलाई अब हामीले सुरक्षित राख्दै, परिमार्जित गर्दै कार्यान्वयन पक्षमा केही कमी कमजोरी भएको छ भने त्यसमा के गर्दा हुन्छ, भन्नेकुरामा हामीले हेर्नु राम्रो होला । म त अधिकार नै नभएको, राजनीतिक पार्टी ब्याण्ड भएको जमानाबाट हुर्किएको युवा हो । अहिले भएका अधिकारहरु कसरी हामीले कार्यान्वयन गर्ने ? त्यसबाट बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर हामी लाग्नुपर्छ । प्राप्त गरेको अधिकारलाई मिनिमाइज गरेर, यो केही होइन, अझ बढी चाहिन्छ भनेर हामी अघि बढ्दा पाएका कुरा गुमिरहेका छन् ।’

उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या अहिले ठूलो रुपमा रहेको बताउनु भयो । उहाँले ब्लेम गेम गरेर मात्रै समाज र देशको अवस्था नसुध्रिने बताउनु भयो । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने कुरा राम्रो नभएको बताउनु भयो ।