२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र )को स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भुमिका, प्रतिपक्षको भुमिका, जनदबाबका कार्यक्रम, जनसंगठन बिस्तार एवं सुदृढिकरण र जनतामा जाने विशेष कार्यक्रमहरुका बारेमा छलफल हुनेछ ।

यसअघि शनिबार बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान परिस्थितिमा पार्टी निर्माण र भावी रणनीतिबारे मौखिक प्रस्ताव राखेका थिए ।

यस्तै, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनले धारणा राखेका थिए । त्यस्तै सचिवहरू र स्थायी समिति सदस्यहरूले पनि पार्टीको कार्यदिशा र रणनीतिबारे धारणा राखेका थिए ।




भर्खरै