९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्न भारतीय प्रधानमन्त्री मोदीका आग्रह

गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्न   भारतीय प्रधानमन्त्री  मोदीका आग्रह
अ अ+ अ-

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्लूमबर्ग न्यू इकोनोमिक फोरमलाई सम्बोधन गर्दै भारतमा गतिशीलता र नविनताका क्षेत्रहरूमा लगानी गर्ने उत्साहपूर्ण अवसर रहेको दाबी गर्दै वैश्विक लगानीको आह्वान गरेका छन् । यदि तपाईं सहरीकरणमा लगानी गर्न खोज्दै हुनुहुन्छ भने भारतमा तपाईंका लागि रोमाञ्‍चक अवसरहरू छन् । यदि तपाईं गतिशीलतामा लगानी गर्ने सोचमा हुनुहुन्छ भने भारतमा तपाईंका लागि उत्साहपूर्ण अवसरहरू छन् ।

यदि तपाईं नवीनतामा लगानी गर्न चाहानुहुन्छ भने भारतसँग तपाईंको लागि नविनतामा बृहत क्षेत्रहरु छन्, प्रधानमन्त्री मोदीले फोरमलाई भने । उनले भारतसँग व्यापारमैत्री वातावरण छ र यसले ठूलो बजार प्रदान गर्दछ र सरकारले भारतलाई रुचाएको वैश्विक लगानीको गन्तव्य बनाउन कुनै कसर छोड्ने छैन, उनले थपे । कोरोना भाइरस महामारीले खडा गरेको ठूलो चुनौती हुँदाहुँदै पनि भारतले यस कठिन समयको अवधिमा एक असाधारण उदाहरण प्रस्तुत गरेको मोदीले बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वयुद्धपछिको युगलाई कोरोना महामारीले ठूलो पाठ सिकाएको बताएका छन् । मलाई लाग्छ दोस्रो विश्वयुद्ध पछि भएका ऐतिहासिक पुनर्निर्माण प्रयासहरूले हामीलाई धेरै पाठ सिकाउन सक्छ । विश्व युद्धपछि, सम्पूर्ण विश्वले नयाँ विश्व क्रममा काम गर्यो । नयाँ प्रोटोकल विकसित भयो र विश्व पनि परिवर्तन भयो । कोभिड(१९ ले पनि हामीलाई त्यस्तै मौका दियो । प्रत्येक क्षेत्रमा नयाँ प्रोटोकलहरू विकास गर्ने अवसरहरु रहेका छन्, उनले भने । यदि हामी भविष्यको लागि लचिलो प्रणाली विकास गर्न चाहन्छौं भने यो अवसरलाई संसारले छोड्‍नु हुँदैन, उनले थपे।

भारतीय प्रधानमन्त्री मोदीले महामारीको क्रममा टेक्नोलोजीले पनि हाम्रो काममा निरन्तरता कायम गर्न मद्दत गरेको छ । भिडियो कन्फरेन्सिंग जस्ता असाधारण उपकरणका लागि धन्यवाद, म अधिक धेरै बैठकहरू अनलाइनबाटै उपस्थित भइरहेको छु । यसले मलाई दूरी तय गर्न र तपाईंहरूसँग कुराकानी गर्न पनि मद्दत गरेको छ । तर यसले कोभिडपछिको विश्वका लागि पनि चाखलाग्दो प्रश्न खडा गर्दछ, उनले भने । प्रतिक्रिया