९ भाद्र २०८३, मंगलवार
,
Latest
उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशले राजपत्रमा सच्यायो नेपालको नक्सा



अ+ अ-

जनकपुर । सर्वत्र आलोचना भएपछि मधेश प्रदेश सरकारले आफ्नो राजपत्रमा नेपालको नक्सा सच्याएको छ । सरकारले प्रदेशको नाम र राजधानी राजपत्रमा प्रकाशित गर्दा नेपालको पुरानै नक्सा राखेको थियो ।

त्यसको व्यापक आलोचना भएपछि सरकारले चुच्चे नक्सा राख्दै पुनः राजपत्र प्रकाशित गरेको हो । नेपाल सरकारले विसं २०७७ जेठ ३१ गते निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा पारित गरेको थियो ।

तर मधेश प्रदेश सरकारले चुच्चे नक्सा नराखी राजपत्र प्रकाशित गरेपछि सरकारका प्रवक्ता तथा अर्थमन्त्री तत्काल नक्सा सच्याइने बताएका थिए । आइतबार प्रकाशित राजपत्रमा नक्सा सच्याइसकिएको छ ।