९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

ह्यायत रिजेन्सी होटलका कर्मचारीलाई पाँच बर्ष सम्म बेतलबी बिदा

ह्यायत रिजेन्सी होटलका कर्मचारीलाई पाँच बर्ष सम्म बेतलबी बिदा
अ अ+ अ-

काठमाडौं । तारागाँउ रेजेन्सी होटल्स लिमिटेड (ह्यायत) ले  कर्मचारीहरुलाई ५ वर्ष सम्म बेतलबी विदामा पठाउने निर्णय गरेको छ । कोरोका कारण देखाउदै होटल व्यवस्थापनले २०७६ चैत्र ८ गतेबाट पूर्णरुपमा बन्द गरेको थियो ।

होटल व्यवस्थापनले अहिले पुनः संञ्चालनमा ल्याउने बारे कुनै यकिन गर्न नसकेको हुँदा प्रतिस्ठानमा भएको मौजुदा जनशक्ति, कर्मचारीहरुलाई दिदै आएको पारिश्रमिक लगायतका सुविधाहरु कटौती भएको  जनाए हो । उक्त सुविधा प्रधान गर्न असमर्थ भएको कारण कर्मचारीहरु कटौती गर्ने उदेश्यले विषेश प्याकेज दिएर २०७७ कात्तिक ७ गते स्वेच्छिक अवकास योजना समेत आब्हान गरेका थियो । उक्त प्याकेज अनुसारको मापदण्ड भित्र पर्ने कर्मचारीहरुलाई साहि अनुसार स्वेच्छिक अवकास दिने बारे कम्पनीको सूचना सार्बजनिक गरेको छ । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण नेपालको पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको र यस्तो अबस्थामा विषेश गरी होटल क्षेत्रको व्यवसाय ठप्प भएको भन्दै  हायात रेजेन्सी व्यवसाय पनि पूर्णरुपमा संचालन नहुने  ब्यबस्थापनले जनाएको छ । यस होटलको मुख्य बजार रहेको भारत, चीन, अमेरिका, युरोप मध्य पूर्विय देशहरु लगायत अन्य मुलुकहरु पनि कोभिड १९ बाट आक्रान्त भएका छन् । ती मुलुकहरुबाट भविष्यमा पाहुनाहरुको आगमन हुने सम्भावना नरहने हुँदा होटल व्यवसाय पूर्ववत् सामान्य अबस्थामा आउन सक्ने कुनै स्थिति नभएको कम्पनीले जारी गरेको सूचनामा जनाएको छ । 

कोभिड १९ कारण आएको विषम परिस्थितिलाई मध्यनजर गर्दै यस होटलमा रहेका २ सय ८० कोठा मध्य आंशिक व्यवसाय संञ्चालनार्थ १ सय कोठा मात्र संचालनमा ल्याउन सकिने जनाएको छ । सो को लागि आवश्यक पर्ने जनशक्ति कर्मचारी वाहेक अन्य कामदार कर्मचारीहरुलाई सन् २०२१ जनवरी १ देखि लागु हुने गरी पहिलो पटक कम्तिमा दुई वर्षको लागि वेतलबी बिदामा पठाउने निर्णय गरिएको छ । सो समय पश्चात समेत व्यवसाय सामान्य अबस्थामा नआएमा अतिरिक्त ३ वर्ष बढाएर कुल ५ वर्ष सम्म बेतलबी विदामा पठाउने निर्णय भएको महाप्रबन्धक राजेश रामदासले जानकारी दिनु भएको छ । साथै बेतलबी बिदामा पठाइने कर्मचारीहरुको नामावली केही दिन भित्रै प्रकाशित गरिने पनि उहाँले जानकारी दिनुभयो ।