८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो News Polar राष्ट्रिय सभामा सांसद खातीको प्रश्नः ‘सरकार फेरिन्छ तर जनताका समस्या किन उस्तै ?’ News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित

मुख्यमन्त्री कँडेललाई विश्वासको मत

मुख्यमन्त्री कँडेललाई विश्वासको मत
अ+ अ-

काँक्रविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्नुभएको थियो । चालीस सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी हुनुहुन्थ्यो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्वनमा हुनुभएको छ भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित हुनुभएन । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी हुनुभएको थियो । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्‍यो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका नौ, कांग्रेसका १४ जना सदस्यले मत दिनुभएको थियो ।

मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार बनाउनका लागि कम्तीमा २१ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताउनुभयो । उहाँ चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले वैशाख १३ गते पहिलो पटक प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो ।

त्योबेला कँडेलले माओवादी र समाजवादीको समर्थन पाउनुभएको थियो । केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबीच सरकार गठन भएको छ । गत साउन ७ गते सत्तासाझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिएको जानकारी दिनुभयो ।

सोहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।