९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

समग्र निजी क्षेत्रको एउटै आवाजका साथ अघि बढ्छौँ – वरिष्ठ उपाध्यक्ष ढकाल

समग्र निजी क्षेत्रको एउटै आवाजका साथ अघि बढ्छौँ – वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा आगामी दिनमा आफूहरु देशको समग्र निजी क्षेत्रको एउटै आवाज लिएर अघि बढ्ने बताएका छन् ।   

नेपाल आर्थिक पत्रकार संघ, नाफिजको साधारण सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, विगतमा निजी क्षेत्रका प्रतिनिधिमूलक छाता संगठनहरु पनि आफ्ना समस्या र मागहरुप्रति एकताबद्ध र सुदृढ हुन नसक्दा आफ्ना मुद्धाहरुको आवाज कमजोर हुन पुगेको र जसका कारण उनीहरुका समस्याहरुको पनि सुनुवाई हुन नसकेको देखिएको छ, त्यसैले हामी अब देशका समग्र निजी क्षेत्रको एउटै आवजका साथ अघि बढ्ने योजना बनाएका छौँ ।

उनको भनाई थियो निजी क्षेत्रका संगठनहरु आफ्ना साझा मुद्धाहरुमा लाग्नुपर्नेमा त्यसो हुन नसक्दा राज्यसँगका उनीहरुका माग, आवश्यकता र मुद्धाहरु नै ओझेलमा परेको देखिएको छ । यसैका कारण नेपाल उद्योग वाणिज्य महासंघ एवं अन्य छाता संगठनहरुलाई पनि तपाईँहरु कमजोर हुनुभयो भन्ने गुनासो व्यवसायीहरुले नै व्यापक मात्रामा गर्ने गरेको अनुभव उनले सुनाए । 

विगत केही समयदेखि देशको निजी क्षेत्रको आवाज अथवा मुद्धाहरुको सुनुवाई हुन नसकेको यही अवस्थालाई मध्यनजर गरेर नै ५४ औँ साधारण सभापछि महासंघले निजी क्षेत्रका अन्य प्रतिनिधिमूलक छाता संगठनहरु सिएनआई, चेम्बरआदिसँग जेजति साझा मुद्धाहरु छन् ती विषयमा एक भएर अघि बढ्नेगरी काम शुरु गरिसकेको उनले जानकारी दिए । 

वरिष्ठ उपाध्यक्ष ढकालले भने– एकै आवाजका साथ अघि बढ्ने यस्तो प्रतिबद्धता त विगतमा पनि हामीले गरेकै हौँ, तर अहिले भने देशको निजी क्षेत्रको हकहित र मुलुकको समृद्धिलाई ध्यानमा राखेर नयाँ ढंगले अघि बढेका छौँ र समग्र निजी क्षेत्रका मुद्धाहरुलाई हामी एउटै आवाजमा अघि लग्ने छौँ । 

आफूहरु देशमा व्यवासायिक क्रियाकलापहरु बढाउने काममा लागिपर्ने भन्दै ढकालले त्यसका लागि पनि सबै व्यवसायीको एउटै आवाज आवश्यक रहेको उनले बताए ।  

यतिखेर कोभिडको प्रकोपका कारण देशको उद्योग व्यवसाय क्षेत्र निकै मारमा परेको र लाखौँ कामदारले रोजगारी समेत गुमाएका छन् भन्दै यसरी कोभिडका कारण बन्द भएका व्यवसायलाई के कसरी पुरानो लयमा लान सकिन्छ, गुमेको रोजगारीलाई पुनस्र्थापना गराउन के गर्न सकिन्छ र सरकारले राजस्व गुमाउनु परेको अवस्थालाई पनि पुरानै लयमा कसरी फर्काउन सकिन्छ भनेर नेपाल उद्योग वाणिज्य महासंघले अध्ययन शुरु गरिसकेको र यसमा निजी क्षेत्रका सबै संगठनहरु संयुक्त रुपमा अघि बढ्ने तयारी गरेको उनले बताए ।   

त्यस अवसरमा वरिष्ठ उपाध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने पत्रकारलगायत देशका समग्र क्षेत्र र बर्गका नागरिकलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।