१८ श्रावण २०८३, सोमबार
,
Latest
सूक्ष्म, साना तथा मझौला उद्योगलाई जोगाउन पुनरुत्थान कार्यक्रम आवश्यक : पूर्वअर्थमन्त्री खनाल सुर्खेतको मालिका सामुदायिक वनमा ३९ लाख हिनामिना, ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा १० प्रतिशत निःशुल्क शय्या सेवामा मन्त्रालयको कडाइ,सबै अस्पतालका सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक राष्ट्रको समृद्धि र पूर्वाधार विकास दक्ष इन्जिनियरको भूमिकामा निर्भर : मन्त्री श्रेष्ठ डिजिटल हिंसा नियन्त्रण गर्न कानूनी सुधार अपरिहार्यः मन्त्री वादी मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा जनशक्ति र प्रविधि अभावमा साइबर अपराध अनुसन्धान चुनौतीपूर्णः गृहसचिव श्रेष्ठ मधेशका हिंसात्मक घटनाप्रति नेसनल प्याब्सनको चिन्ता, शान्ति र सद्भाव कायम गर्न आग्रह मधेस प्रदेशमा खानेपानी र जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन राष्ट्रिय सभामा पेशः ६० प्रतिशत हातेपम्प सुकेको… राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन प्रश्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमित दलहरूको सिण्डिकेट खडा गर्ने षड्यन्त्र संविधानको भावना विपरित अधिनायकवादी सोँच–कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सिमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र संबिधानको भावनाविपरित अधिनायकवादी सोच भएको बताएका छन् ।

समानुपातिक र समावेशीतालाइ नजरअन्दाज गरिए त्यो सैह्य नहुने समेत थापाको भनाई छ ।

पार्टीको काठमाडौं–४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्बसत्ताबादी र अधिनायकबादी सोँच भएको टिप्पणी गरे ।

लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिँडाइएको मार्गचित्र गलत भएको दाबी गरे । ‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ ।’ थापाले भने ।

सबैलाई अट्न नदिए व्यवस्थाको आयु सकिने उनको धारणा थियो । थापाले संगठन निर्माण र जनसंघर्षको योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

देश बनाउन र बचाउन आन्दोलनको विकल्प नभएकोले सबै बिचार मिल्नेहरु एक ठाउँमा आएर आन्दोलनको तयारी गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला ‘चुनेली’, श्याम खत्री, यबती कार्की लगायतले बोलेका थिए ।




भर्खरै