३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सोमबार शेयर बजार ५६.७२ अंकले उकालो, जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुको आम्दानी वृद्धि

सोमबार शेयर बजार ५६.७२ अंकले उकालो, जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुको आम्दानी वृद्धि
अ+ अ-

काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर बजार ५६ दशमलव ७२ अंकले उकालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार २ हजार २२ दशमलव ७३ विन्दुदेखि खुलेको बजार निरन्तर बढेर बन्द भएको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव शून्य ४ अंक बढेर ३८८ दशमलव १६ विन्दुमा पुगेको छ ।

यो दिन कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आइतबार रू. ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार बराबरको ९० लाख ५० हजार १६ कित्ता शेयर कारोबार भएको थियो । सोमबार भने रू. ७ अर्ब २० करोड ४१ लाख ३६ हजार बराबरको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर कारोबार भएको छ । उक्त रकम र कित्ताको शेयर कारोबार २०२ ओटा कम्पनीको ५७ हजार ८७ पटकको व्यापारमा भएको हो ।

सोमबारको बजारमा जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक १ दशमलव २१ प्रतिशत घटेको हो । उच्च दोहोरो अंकले बढेको सोमबारको बजारमा ४२ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २२८ मा झरेको हो । त्यस्तै यो दिन युनिलिभर नेपालको शेयरमूल्य पनि ४ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजारले घटेर अन्तिम मूल्य रू. १९ हजार २०० कायम भएको हो ।

सोमबार प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र १४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन व्यापारिक र जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । व्यापारिक समूहको परिसूचक सोमबार ८ दशमलव ३२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ८ दशमलव १९ प्रतिशतले उकालो लागेको हो ।
 
त्यस्तै बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटलको १ दशमलव ८२ प्रतिशत, विकास बैंकको २ दशमलव ६१ प्रतिशत, वित्तको शून्य दशमलव ३८ प्रतिशत,  निर्जीवन बीमाको ३ दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २ प्रतिशत, अन्यको ३ दशमलव ७८ प्रतिशत, लघुवित्तको ४ दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।

आइतबार देखिनै सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्सले सोमबार पनि सो स्थान कायम गरेको छ । यस दिन नेपाल लाइफको रू. ७४ करोड ३९ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९८ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. २०३ ले मूल्य वृद्धि भएको उक्त कम्पनीको सोमवार अन्तिम मूल्य रू. २ हजार २३८ पुगेको छ । सोमबार उक्त कम्पनीको न्यूनतम रू. २ हजार ९९ देखि अधिकतम रू. २ हजार २३८ को मूल्यमा शेयर खरीदविक्री भएको छ ।