९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

नानचिङ नरसंहारका ८३ वर्ष र ट्वीटरको दोहोरो चरित्र

नानचिङ नरसंहारका ८३ वर्ष र ट्वीटरको दोहोरो चरित्र
अ अ+ अ-

डिसेम्बर १३ तारिख चीनले सातौँ नानचिङ नरसंहार पीडितहरूको राष्ट्रिय स्मृति दिवस मनाउँदै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्‍यो। विशेष गरी हङकङ विशेष प्रशासनिक क्षेत्रको सभाहलमा स्मृति कार्यक्रम आयोजना भएको छ भने चीनका विभिन्न भागमा पनि सानातिना कार्यक्रमहरु आयोजना भएका छन्।

यो पटक चिनियाँहरुले इतिहासलाई सम्झने क्रममा नानचिङ नरसंहारका केही फोटोहरु ट्वीटरमा पोष्ट गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए। तर ट्वीटरले ती फोटोहरु तुरुन्तै हटाएको छ। ट्वीटरले अत्यन्त विभत्स फोटो भन्दै आफ्नो नीति अनुसार हटाएको बताएको छ। ट्वीटरको उक्त कार्यले चिनियाँहरुको भावनामा ठोस पुर्‍याउनुका साथै ट्वीटरले दोहोरो भूमिका खेल्दै इतिहासलाई बङ्ग्याउन खोजेको भनेर ट्वीटरको आलोचना गरेका छन्।

धेरैलाई थाहा नहुन सक्छ नानचिङ नरसंहार भनेको के हो र यो कहिले भएको थियो भन्ने कुरा। तसर्थ यसका बारेमा पहिले केही चर्चा गरौँ।

सन् १९३७ डिसेम्बर १३ तारिखका दिन जापानले चीनको नानचिङलाई कब्जामा लिएर नरसंहार मच्चायो। चीनले सन् २०१४ मा डिसेम्बर १३ तारिखलाई नरसंहार पीडितहरूको राष्ट्रिय स्मृति दिवस तोकेर हरेक वर्ष डिसेम्बर १३ तारिख स्मृति दिवस मनाउँदै आएको छ।

जापानले सन् १९३१ देखि चीनमाथि आक्रमण गर्न थालेको थियो। त्यतिबेला चीनका पूर्वी क्षेत्रबाट आक्रमण गर्दै मध्यभागको छोङछिङसम्म जापानले बम वर्षाएको थियो। दोस्रो विश्वयुद्धको समयसम्म जापान विश्वकै शक्तिशाली देशका रुपमा चिनिएको थियो। ऊसँग अत्याधुनिक हातहतियार र वमवर्षक फाइटर विमानहरु ठूलो मात्रामा थिए। यता चीन आन्तरिक युद्धको चपेटामा गुज्रिरहेको थियो। सन् १९२७ को अगष्ट १ तारिख चिनियाँ कम्युनिष्ट पार्टीका नेता चाउएनलाईको नेतृत्वमा च्याङसी प्रान्तको सदरमुकाम नानछानबा जनयुद्ध सुरु भएको थियो। चिनियाँ जनमुक्ति सेनाले एकैपटक घरायसी चियाङ काइसेकको सेना र जापानी अतिक्रमणकारी सेना विरुद्ध युद्ध लड्नु परेको थियो।

जापानी सेनाले चीनमाथि आक्रमण गर्दै अगाडि बढ्ने क्रममा १९३७ मा च्याङसु प्रान्तको सदरमुकाम नानचिङमाथि कब्जा जमाएको थियो। नानचिङ त्यतिबेला चीनको राजधानी थियो। जापानले नानचिङमाथि कब्जा जमाएको ६ हप्तामै २ लाखभन्दा बढी चिनियाँको कत्लेआम हत्या गरेको थियो। कति मारिएभन्ने एकिन तथ्याङ्क छैन किनभने जापानी सेनाले थुप्रै चिनियाँलाई जिउँदै जलाएका थिए भने कतिलाई याङत्से नदीमा फालेका थिए। चिनियाँ जनमुक्ति सेनाको एक प्रतिवेदनमा उल्लेख भए अनुसार जापानी अतिक्रमणकारी सेनाले सन् १९३७ डिसेम्बर १२ देखि २१ सम्ममा एक लाख ९० हजार चिनियाँ बन्दी सेना तथा सर्वसाधारणलाई समूहमा उभ्याएर मिसिनगनले भुटेको थियो भने केही सानो समूहमा एक लाख ५० हजार चिनियाँलाई मारेको थियो। हत्याको प्रकृति यति धेरै आततायी थिए कि त्यसको वर्णन गर्न नसकिने खालका थिए।

उदाहरणका लागि टाउको गिँडेर, खप्पर फोरेर, छाला काडेर, मुटु कलजो बाहिर निकालेर, पानीमा डुबाएर, आगो लगाएर, यौनाङ्ग काटेर, शरीर टुक्राटुक्रा बनाएर, योनी तथा मलद्वारबाट भाला हालेर हत्या गरेका थिए। कस्तोसम्म थियो भने जापानी सेनाहरु कसले छोटो समयमा धेरै चिनियाँलाई मार्ने भनेर बाजी खेल्ने गर्दथ्ये। जापानी अतिक्रमणकारी सेनाका लेफ्टिनेन्टद्वय तोसिआकी मुकाइ र सुयोसी नोडाबीचमा २ सेकेन्ड बीचमा कसले बडी चिनियाँलाई मार्ने भनेर डिसेम्बर १२ तारिख प्रतिस्पर्धा हुँदा मुकाइले १०६ जना र नोडाले १०५ जनालाई दुई सेकेन्डभित्र मारेका थिए। नानचिङमा ८० हजार महिलामाथि विभिन्न प्रकारका यौन शोषण भएको थियो जसमध्ये ६५ हजारको हत्या भएको थिए।

त्यतिबेला जापानले चीनमाथि मात्र होइन दक्षिण कोरियामाथि पनि उस्तै हत्या शृङ्खला चलाएको थियो। जापानको यही आक्रमणको शृङ्खला नै सन् १९४१ मा दोस्रो विश्वयुद्धमा परिणत भएको थियो। त्यतिबेला जर्मन शाषक हिटल र इटलियन शाषक मुसोलिनीसँग मोर्चाबन्दी गर्दै जापानले युद्ध गरेको थियो। उसको अतिक्रमण म्यान्मार र भारत तथा अष्ट्रेलियासम्म पुगेको थियो।

जापानले अमेरिकाको पर्लहार्बरमा बम आक्रमण गरेपछि अमेरिका पनि दोस्रो विश्वयुद्धमा सहभागी भएको थियो। अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा अणुबम खसालेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो।

दोस्रो विश्वयुद्ध समाप्त भएपछि स्वतन्त्र रुपमा भएका छानबिनबाट जापानी सेनाले नानचिङमा नरसंहार गरेको र एउटै सहरमा एक हप्तामा तीन लाखभन्दा बढी मान्छेको हत्या गरेको पुष्टि भएको थियो। जापानले पनि यो कुरालाई स्वीकार गरेर यासुकुनी देवलमा युद्धका जापानी सरदारहरुलाई मृत्यु दण्ड दिएको थियो।

यही नरसंहारको सम्झनामा चिनियाँहरुले डिसेम्बर १३ मा श्रद्धाञ्जली दिवस मनाउने गर्छन्। ८३ वर्षअघि जापानी अतिक्रमकबाट मारिएका ३ लाखभन्दा बढी आफ्ना देशबन्धुको सम्झना गर्दै इतिहासबाट अनुभव लिने र शान्तिको कामना गर्दै चिनियाँले राखेको इतिहासको फोटो र भिडियोलाई ट्वीटरले हटाउनु आश्चर्यलाग्दो कुरा बनेको छ। केही जापानी दक्षिणपन्थी व्यक्तिहरुले समेत इतिहास बिर्सेर आफ्ना पूर्वजले गरेको गल्तीको ढाकछोप गर्ने र चीनमाथि दोषारोपण गर्ने काम गरेका छन्। त्यस्तो विकृत भनाइलाई चाहिँ ट्वीटरले नहटाउने आफैँमा उदेकलाग्दो छ।

इतिहास जगजाहेर छ, नानचिङ नरसंहार सुदूर पूर्वको अन्तर्राष्ट्रिय सैन्य अदालतले औपचारिक रुपमा फैसला गरेको र निश्चित गरेको अपराध हो। ट्विटरले हटाएका प्रायजसो फोटो र भिडियोहरू अन्तर्राष्ट्रिय समाजले स्वीकार गरेका ऐतिहासिक प्रमाण हुन्।

ट्विटरले फोटो र भिडियो हटाएर इतिहास मेटाउन सक्दैन। तर उसको प्रयासले फेरि पनि उसको कालो धन्दा र भेदभावपूर्ण कार्यको पर्दाफास भएको छ। हुनतः ट्वीटरले इतिहासलाई बङ्ग्याउन खोजेको यो पहिलोपटक होइन्। खासमा अमेरिकी इन्टरनेट व्यवसायका रुपमा उदाएको ट्विटरको काम अमेरिकी बित्तीय समूह, राजनीतिक शक्ति र अमेरिकी राष्ट्रिय हितसित सम्बन्धित छ। एउटा निजी कम्पनी भएर पनि ट्वीटरले सधैँ अमेरिकी राष्ट्रिय हितका लागि मात्र सेवा दिने राजनीतिक उपकरणको काम गर्दै आएको छ।

यो वर्ष दोस्रो विश्वयुद्ध समाप्त भएको ७५ वर्ष पुगेको छ। यसलाई विश्व फाशिष्ट विरुद्ध युद्ध विजयी भएको ७५‌ औँ वार्षिकोत्सवका रुपमा विश्वले मनाउँदै छ। ट्विटरले इतिहासबारे दोहोरो मापदण्ड लागू गर्दै दोस्रो विश्वयुद्धको विजयमा अमेरिकाको योगदान गरेको बताउँछ तर जापानले चीनमाथि गरेको नरसंहारमा सेन्सर गर्छ किनभने यतिबेला जापान र अमेरिका एउटै मोर्चामा उभिएर चीन विरुद्ध षढयन्त्र गरिरहका छन्।

समयको परिवर्तनसँगै विश्वमा ठूल्ठूला परिवर्तन हुनसक्छन् तर इतिहास परिवर्तन हुँदैन। चिनियाँ जनताले नानचिङ नरसंहार पीडितहरूको राष्ट्रिय स्मृति समारोहको आयोजना गर्नु भनेको ती निर्दोषहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नु हो र आउने पुस्तासँग शान्तिको संरक्षण गर्न आह्वान गर्नु पनि हो। दोहोरो चरित्र बोकेर अमेरिकी छद्म काम गर्ने ट्विटरले के थाहा पाउनुपर्छ भने अतिक्रमणकारी युद्धको इतिहासलाई वेवास्ता गर्ने धारणालाई शान्ति र सद्भावको माया गर्ने व्यक्तिहरूले सधैँ विरोध गर्नेछन्।

आउनुहोस् हामी सबैले शान्तिको कामना गरौँ। अनाहकमा ज्यान गुमाउने ती लाखौँ निर्दोष चिनियाँलाई श्रद्धाञ्जली अर्पण गरौँ र इतिहासबाट पाठ सिकेर सद्भाव र प्रेम बाढौँ तर इतिहासलाई बङ्ग्याउन नखोजौँ।

सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यको फेसबुक बाट